Madhes Khabar
साहित्य

भोजपुरी प्रतिष्ठान वीरगन्जद्वारा भिखारी ठाकुरको जन्मजयन्तीमा काव्य गोष्ठी आयोजना

वीरगन्ज,४पुस:भाेजपुरी लोकसंस्कृतिका महान साधक, सुप्रसिद्ध नाटककार तथा “भोजपुरीका शेक्सपियर”का रूपमा परिचित स्व.भिखारी ठाकुरको १३७औँ जन्मजयन्तीको अवसरमा भोजपुरी प्रतिष्ठान वीरगन्जले काव्य गोष्ठी कार्यक्रम आयोजना गरेको छ।

 

वीरगनेज–८ स्थित प्रतिष्ठानको कार्यालयमा बिहीबार आयाेजित कार्यक्रममा सहभागीहरूले स्व. भिखारी ठाकुरको जीवनयात्रा, उनका सामाजिक चेतनायुक्त नाटक, गीत तथा साहित्यिक योगदानबारे चर्चा गर्दै कविता, मुक्तक र गीतमार्फत ठाकुरको बहुआयामिक व्यक्तित्व र भोजपुरी भाषा–साहित्यमा पुर्‍याएको अतुलनीय योगदानकाे स्मरण गरेका थिए।

प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा आयाेजित कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार गोपाल अश्क, दिनेश गुप्ता, प्रमोद पाण्डेय, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, रितुराज पटेल, अजमत अली, साहित्यकार छोटेलाल साह, साविर अन्सारी, अस्मिता पटेल, लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले स्व.भिखारी ठाकुरको तस्बिरमा फूल तथा अविर अर्पण गर्दै भोजपुरी भाषा, संगीत, नाटक र लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उनको योगदान आज पनि प्रेरणाको स्रोत रहेको बताएका थिए।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका अमोद गुप्ताले गरेका थिए।

Related posts

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

Leave a Comment