Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा खसी मासु पसलहरुमा अनुगमन थप प्रभावकारी बनाइने, मासुको रेट पनि तोकिने

वीरगन्ज,३१वैशाखः वीरगन्जमा रहेका मासु पसलहरुमा अनुगमनलाई थप प्रभावकारी बनाइने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरुको बैठकले वीरगन्जमा रहेका खसी बाख्राको मासु पसलहरुमा अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।

यसअघि बुधबार खटिएको बजार अनुगमन टोलीले वीरगन्जका केहि मासु पसलहरुमा छड्के अनुगमन गरेर त्रुटी फेला परेको एक मासु पसलेलाई नगद २० हजार रुपैया जरीवाना गर्नुका साथै अखाद्य वस्तु सिमवाट गरिएको १२ केजी खसीको मासु जफत गरी नष्टसमेत गरेको थियो ।

बिहीबबार बसेको बैठकले बजार अनुगमनलाई अझ प्रभावकारी, नियमित तथा परिणाममुखी बनाउने, अखाद्य तथा गुणस्तरहीन मासु बिक्री–वितरणमा कडाइ गर्ने, उपभोक्ता स्वास्थ्यप्रति संवेदनशील रहँदै कानुन विपरीत कार्य गर्नेलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने लगायतका निर्णयहरू गरेको छ ।
साथै, शुक्रबार अपरान्ह ३ बजे पुनः बैठक बसी जिल्लास्तरीय मासु दर निर्धारण गर्ने निर्णय समेत गरेको प्रजिअ दाहालले जानकारी दिए ।

नागरिकले स्वच्छ, सफा तथा शुद्ध मासु एवं मासुजन्य पदार्थ उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्ने उद्देश्यले बिहीबार बसेको बैठकमा जिल्ला प्रहरी कार्यालय, वीरगन्ज महानगरपालिका अन्तर्गतको पशु सेवा शाखा तथा खाद्य तथा गुण नियन्त्रण शाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज, पशु क्वारेन्टाइन कार्यालय वीरगन्ज, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मासु व्यवसायी संघ, माछा तथा मासु व्यवसायी संघ, वीरगन्ज उद्योग वाणिज्य संघ, पत्रकार तथा उपभोक्ता प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

Related posts

हिन्दु स्वयंसेवक संघद्धारा वीरगन्जको पन्चमुखी हनुमान मन्दिरमा सामुहिक हनुमान चालिसा पाठ

MadhesKhabar

सडकमा फोहोर फालेको भेटिएपछि डाक्टर जैनुद्धिनलाई पनि महानगरले तिरायो १ हजार जरिवाना

MadhesKhabar

१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार लाग्ने नीतिको रास्वपाभित्रै विरोध

MadhesKhabar

Leave a Comment