Madhes Khabar
राजनीति हेडलाइन

पर्सा २ का राप्रपा उम्मेदवार साह भन्छन् : नेपाललाई हिन्दु राष्ट्र बनाउन राप्रपा नै जित्नु पर्छ

मधेसखबर
वीरगन्ज,१५ कार्तिक : हिन्दु राष्ट्रको स्थापना र संघीयता खारेजीको मुख्य एजेण्डा लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पर्सा क्षेत्र नम्बर २ मा चुनावी प्रचार प्रसारलाई तिब्र बनाएको छ ।

पर्सा २ मा प्रतिनिधीसभा सदस्यमा राप्रपाका उम्मेदवार नरेश कुमार साहले मङगलबार वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा चुनावी घरदैलो गरेका छन् । प्रदेशसभा सदस्यका उम्मेदवार प्रमानन्द साह कानुसंगै नेता कार्यकर्ताहरुलाइ लिएर चुनावी घरदैलो कार्यक्रम गरेका साहले मतदातालाई भेट्दै हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपालाई मत दिन आग्रह गरे ।

उनले काँग्रेस कम्युनिष्टहरुले करोेडौं डलर लिएर जबरजस्ति नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएकै कारण अहिले हिन्दु धर्म माथि संकट निम्तिएको बताए । मधेसी दलले पनि तीनै हिन्दु राष्ट्र विरोधी दलहरुलाइ साथ दिएर हिडेकोले मधेसी दलहरुको चरित्र पनि उदाङ्गीएको साहले बताए ।

मतदाताहरुलाई साहले भने ,‘ हिन्दु राष्ट्रको स्थापना र संघीयताको खारेजी नै राप्रपाको मूखय एजेण्डा हो , राप्रपाले जित्यो भने नेपाल फेरि हिन्दु राष्ट्र घोषणा हुन्छ , त्यस कारण पनि यसपालि राप्रपा जित्नै पर्छ ।

साहले विदेशीको डिजाइनमा संघीयता लादिएको र संघीयताले नै नेपाल आर्थिक रुपमा जर्जर बनेकाले संघीयता यो मुलुकका लागि घाँडो भएकाले यसलाइ खारेज नै गर्नु पर्ने एजेण्डा पनि राप्रपाको रहेको बताए ।चुनावी घरदैलो कार्यक्रममा राप्रपाका स्थानीय नेता कार्यकर्तासंगै स्थानीयवासी आफै पनि सहभागी भएका थिए ।

Related posts

कांग्रेस,एमाले छाड्दै जसपामा प्रवेश गरेकाहरुलाई वीरगन्जका मेयर सिंहले गरे पार्टीमा स्वागत

MadhesKhabar

बारा २ मा असन्तुष्ट कांग्रेसीहरुको पनि भोट पाएर म जित्छु : अरुण ज्ञवाली

MadhesKhabar

सवारी साधनको कर र नविकरणमा लाग्ने जरिवानामा शतप्रतिशत छुट

MadhesKhabar

Leave a Comment