जनकपुरधाम,३०असोजःमधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालय परिसरमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट सोनलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता सोनल ६दलका ५७ प्रदेश सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
बिहीबार मुख्यमन्त्रीमा सोनलसंगै जनमत पार्टीका महेश यादव र नेकपा एकिकृत समाजवादीका कनिश पटेललेपनि विना विभागीय मन्त्रीमा शथप लिएका छन् ।

