Madhes Khabar
रोचक दुनियाँ हेडलाइन

वीरगन्ज नाकाबाट कुकुरको पनि तस्करी भइरहेको खुलाशा

वीरगन्जमा प्रहरीले पक्राउ गरेका तस्करीका कुकुरहरु

मधेसखबर
वीरगन्ज,२३ असोज : नेपालबाट भारतमा कुकुरको तस्करी हुने गरेको खुलाशा भएको छ । तेश्रो मुलुकबाट आयात गरिएका उन्नत प्रजातिका कुकुरहरु तस्करीको माध्यमले वीरगन्जको नाका हुदै भारत लैजाने गरेको खुलाशा भएको हो ।

भारतसंग सीमा जोडिएको वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैया स्थित नाकाबाट प्रहरीले विभिन्न प्रजातिका ४ वटा कुकुर पक्राउ गरेको छ ।प्रहरीले रोडवाईलर ,जर्मन सेफर्ड ,ल्याबरोडर र बुलडग प्रजातिका गरि ४ वटा कुकुर गत शुुक्रबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक विशाल मल्लका अनुसार , तेश्रो मुलुकबाट आयात गरिएका कुकुरहरु वीरगन्जको छपकैया नाका हुदै भारत तस्करी हुदै आएको सुचना प्रहरीलाइ पप्राप्त भएको थियो । त्यहि सुचनाका आधारमा खटिएको प्रहरीले छपकैया नाकाबाट शुक्रबार चार वटा कुकुरहरु पक्राउ गरेको प्रनि मल्लले बताए ।


उनले कुकुर तस्करीमा संलग्नहरु भने फरार भएको र उनिहरुको खोजी भभइरहेको बताए । पक्राउ गरिएका कुकुरहरु लिलामी प्रकृयाका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाईएको जानकारी उनले दिए ।

Related posts

समयमा बजेट नल्याएका पर्साका चार पालिकाले पाउने अनुदान रकममा कटौती हुने

MadhesKhabar

ठाेरी हुलाकी सडककाे विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान

MadhesKhabar

नारायणी रंगशाला पुनःनिर्माणका लागि बजेट व्यवस्था गरिदिन खेलकुद मन्त्रीसँग मेयर सिंहको आग्रह

MadhesKhabar

Leave a Comment