Madhes Khabar
समाज हेडलाइन

अष्ट्रेलियामा रहेका मधेसीहरुले पर्साकाे बारवा गाँउका ५० दलित परिवारलाई बाँडे कम्बल

वीरगन्ज,२०माघ:उत्कर्ष नेपालले पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर५ बारवा गाउँका दलित समुदायका ५० विपन्न परिवारलाई कम्बल वितरण गरेको छ। ’नेपलिज मधेशी कम्युनिटी इन विक्टोरिया’ अर्थात अष्ट्रेलियाको भिक्टोरियामा रहेका नेपाली मधेसी समुदायको सहयोगमा ५० दलित परिवारलाई कम्बल वितरण गरिएकाे हाे ।

दलित परिवारहरुलाई कम्बल वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष सुनिल कुशवाहाले उत्कर्ष नेपाल र भिक्टोरियामा रहेका नेपाली मधेशी डायस्पोराप्रति कृतज्ञता व्यक्त गरे । “यस्ता पहलहरूले हाम्रो समुदायलाई समर्थन गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्, र म भविष्यमा यस्तै थप सहयोगी प्रयासहरू देख्ने आशा गर्दछु,“ उनले भने।

 

कार्यक्रममा बोल्दै उत्कर्ष नेपालका अध्यक्ष ऋतुराज पटेलले ’नेपलिज मधेशी कम्युनिटी इन विक्टोरिया’ संस्थालाई धन्यवाद दिदैं भने,“हाम्रो मधेस कै दिदिबहिनी र दाजुभाईहरु विदेशमा रहेपनि मधेस प्रति देखाएका स्नेह र प्रेम प्रति आभारी छु। खासगरी म यस संस्थाका अध्यक्ष रंजित साहलाई विशेष धन्यवाद दिन चाहन्छु। “

अध्यक्ष पटेलले थप उत्कर्ष नेपाल सामाजिक कल्याणमा तत्पर रहने प्रतिबद्धता जनाउँदै मधेसका कमजोर समुदायहरूको उत्थानमा काम गरिरहने वाचापनि गरे ।

Related posts

घडिअर्वामा युवा नेता गुप्ताले ट्यांकरबाट घरघरमा बाँडे पानी

MadhesKhabar

शिक्षालाई राजनीतिकरण नगर्न मेयर सिंहकोे आग्रह

MadhesKhabar

वीरगन्जमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खल्बलाउने षडयन्त्र नगर्न मेयर सिंहको आग्रह

MadhesKhabar

Leave a Comment