Madhes Khabar
समाज

घडिअर्वामा युवा नेता गुप्ताले ट्यांकरबाट घरघरमा बाँडे पानी

वीरगन्ज ,८ साउन: वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वामा नेकपा एमालेका युजा नेता अजय गुप्ताले घरघरमा पानी वितरण गरेका छन् ।

केहिदिन यता चापाकलहरु सुकेर खानेपानीको समेत हाहाकार भएपछि एमाले युवा नेता गुप्ताले घडिअर्वामा स्थानीयकाे घर घरमा पुगेर ट्यांकरमा पानी ओेसारेर बाँडेका हुन् । गत सथानिय तहकाे निर्वाचनमा वडाअध्यक्षका प्रत्याशीसमेत रहेका गुप्ताले साेमबार छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनाेज गुप्ताको सहयाेगमा १० हजार लिटर पानी वितरण गरेका हुन् ।

केहिदिन यता चापाकलहरु सुकेर घडिअर्वामा सबैभन्दा पानीको हाहाकार भएपछि सेवाभावले घरघरमा पुगेर ट्यांकरमा पानी ओसारेर वितरण गरेकाे ओविसी महासंघकाे वीरगन्ज महानगर नगर अध्यक्षसमेत रहेका गुप्ताले बताए । उनले पानीको समस्या समाधान नहुन्जेलसम्म पानी वितरण कार्यलाई निरन्तरत दिनेपनि बताए ।

पानीकाे समस्या भएकाले आफ्नो माेबाइल नम्बर परिवारले ९८४५१९१७१२ मा सम्पर्क गर्न पनि नेता गुप्ताले आग्रह गरेका छन् ।

यस अघि कोरोनाकालमा पनि गुप्ताले आफ्नाे निजी खर्चमा थुप्रै परिवारलाई राहत बाँडनुका साथै आफ्नाे घरमा बहालमा बसेकाहरुकाे भाडा मिनाहा दिएका थिए ।

Related posts

बुद्ध जयन्तिको अवसरमा वीरगन्जमा डा. गोइतसहित पाँच जना सम्मानित

MadhesKhabar

गाँउघरमै उद्यम गरेर राम्रो आम्दानी गर्दैछन् मधेसका युवा र महिलाहरु

MadhesKhabar

वीरगन्जमा साहिब दरबारको आयोजनामा योग शिविर सुरु

MadhesKhabar

Leave a Comment