Madhes Khabar
समाज

घडिअर्वामा युवा नेता गुप्ताले ट्यांकरबाट घरघरमा बाँडे पानी

वीरगन्ज ,८ साउन: वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वामा नेकपा एमालेका युजा नेता अजय गुप्ताले घरघरमा पानी वितरण गरेका छन् ।

केहिदिन यता चापाकलहरु सुकेर खानेपानीको समेत हाहाकार भएपछि एमाले युवा नेता गुप्ताले घडिअर्वामा स्थानीयकाे घर घरमा पुगेर ट्यांकरमा पानी ओेसारेर बाँडेका हुन् । गत सथानिय तहकाे निर्वाचनमा वडाअध्यक्षका प्रत्याशीसमेत रहेका गुप्ताले साेमबार छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनाेज गुप्ताको सहयाेगमा १० हजार लिटर पानी वितरण गरेका हुन् ।

केहिदिन यता चापाकलहरु सुकेर घडिअर्वामा सबैभन्दा पानीको हाहाकार भएपछि सेवाभावले घरघरमा पुगेर ट्यांकरमा पानी ओसारेर वितरण गरेकाे ओविसी महासंघकाे वीरगन्ज महानगर नगर अध्यक्षसमेत रहेका गुप्ताले बताए । उनले पानीको समस्या समाधान नहुन्जेलसम्म पानी वितरण कार्यलाई निरन्तरत दिनेपनि बताए ।

पानीकाे समस्या भएकाले आफ्नो माेबाइल नम्बर परिवारले ९८४५१९१७१२ मा सम्पर्क गर्न पनि नेता गुप्ताले आग्रह गरेका छन् ।

यस अघि कोरोनाकालमा पनि गुप्ताले आफ्नाे निजी खर्चमा थुप्रै परिवारलाई राहत बाँडनुका साथै आफ्नाे घरमा बहालमा बसेकाहरुकाे भाडा मिनाहा दिएका थिए ।

Related posts

पर्साकाे सिसियाडीमा विपन्न परिवारका २५० जनालाई कम्बल वितरण

MadhesKhabar

चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई गापा अध्यक्षद्वारा ५० हजार सहयोग

MadhesKhabar

वीरगन्ज बालसुधार गृहका कैदीबन्दीलाई आत्मनिर्भर बनाउन मैनबत्ती बनाउने तालिम सञ्चालन

MadhesKhabar

Leave a Comment