Madhes Khabar
समाज

वीरगन्जमा साहिब दरबारको आयोजनामा योग शिविर सुरु

वीरगन्ज, १ असार: साहिब दरबारको आयोजनामा महिला दिदी बहिनीहरुलाई लक्षित गरी शुक्रबारदेखि वीरगन्जमा निशुल्क योग शिविर सुरु भएको छ ।

शिविरको वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् । शिविरको उद्घाटन गर्दै मेयर सिंहले शरीर स्वस्थ्य राख्न योगको महत्वपूर्ण योगदान रहेको भन्दै शिविरमा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे।
अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै उनले हरकोहीले योग साधनाबाट आफूलाई स्वस्थ्य राख्न सक्ने बताए ।

हरेक नागरिकलाई जरुरी सेवा उपलब्ध गराउने उद्धेश्य अनुरुप आफूहरुले काम गरिरहेको साहिब दरबार वीरगन्जका अध्यक्ष उमेशलाल सहनीले बताए ।

साहिब दरबारले वीरगन्जमा शनिबार रक्तदान कार्यक्रम पनि आयोजना गर्दै छ ।

एक महिनासम्म चल्ने शिविरमा प्रतिमा सिंह र लालसा चौधरीले योग प्रशिक्षण दिइरहेका छन् ।

शिविर उद्घाटन कार्यक्रममा साहिब दरबारका सस्थापक सदस्य एवं समाजसेवी अन्नपूर्ण मानन्धर, वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, कार्यपालिका सदस्य खैरुद्दिन मियाँ, वडा सदस्य कलाम मियाँ ,संगिता दास, बर्कतुन नेसा, डा. अरुण गुप्ता, महिला नेतृ जिनु मैयाँ त्वायना लगायतको सहभागिता रहेको थियो ।

Related posts

वीरगन्जमा बकर ईद पर्वकाे अवसरमा २१ जनाद्वारा रक्तदान

MadhesKhabar

बारामा ८ वर्षीया बालिकामाथि सामुहिक बलात्कार, नातामा काका पर्नेसहित ७ जना पक्राउ

MadhesKhabar

मधेसको राजमार्गमा सार्वजनिक शौचालय नहुदाँ बसमा यात्रा गर्ने महिलाहरुलाई सास्ती

MadhesKhabar

Leave a Comment