Madhes Khabar
समाज

ठोरीका युवाहरु सामाजिक सेवामा अग्रसर

मधेसखबर
वीरगन्ज,१३असार : पर्साको ठोरी गाउँपालिकाका युवाहरु सामाजिक सेवाका लागि “ठोरी युथ भिजन फाउन्डेशन “ नामक सामाजिक संस्था खोल्ने कार्यमा जुटेका छन् ।

ठोरी ५ स्थायी घर भइ हाल जापान र पर्चुगोलमा बस्दै आएका सुरेश पाख्रीन र लाक्पा दोङ तमाङको अग्रसरमा ठोरीका युवाहरु “ठोरी युथ भिजन “ नामक सामाजिक संस्था खोल्ने कार्यमा जुटेका हुन् ।

उक्त संस्थाले ठोरीको मानवीय , सामाजिक , आर्थिक लगायत सबै समस्यामा सहयोग गर्ने भएकाले संस्थामा आबद्ध हुन ठोरी गाँउपालिकाभरका युवाहरुलाइ आग्रह गरिएको े ठोरी ५ का निरोज प्रधान र रोशन लोप्चनले जानकारी दिए ।

यसैबिच उक्त संस्था मार्फत दुबै मृगौलाले काम गर्न छोडी क्यान्सरबाट पनि पिडित ठोरी ३ की धनमाया श्रेष्ठको उपाचरका लागि तत्काल ५ हजार १ रुपैयाँ सहयोग गर्ने निर्णय पनि भएको हाल जापानमा रहेका ठोरी ३ का राकेश तमाङले जानकारी दिए ।

आइतबार ठोरीमा बसेको युवाहरुको बैठकले संस्थालाई बिधिवत रुपमा दर्ता गर्ने , ठोरीका सबै वडाका युवाहरु संस्थामा समावेश गर्ने र जिम्मेवारी बाडफाड गर्ने निर्णय गरेको छ । यसका साथै ठोरी गाउपलिकामा आइपर्ने आपतबिपदमा सहयोग गर्ने , शिक्षा क्षेत्रलाइ बिशेष प्रात्साहन गर्ने ,ठोरीका कार्यलयहरुमा डस्टबिन बितरण गर्ने बिषयमा पनि छलफल भएको बैठकमा सहभागी सुरेश पाख्रीनले जानकारी दिए ।

आगामी शनिबारका दिन ठोरी ५ बाघमोर्चा मन्दिर परिरसरमा बुक्षारोपण गर्ने निर्णय पनि भएको निरोज प्रधानले जानकारी दिए ।

Related posts

पर्साको शिवधाम धार्मिक वन क्षेत्रमा कांग्रेसद्वारा वृक्षारोपण

MadhesKhabar

ईलाका प्रहरी कार्यालय छपकैयामा आयोजित कार्यक्रममा १ सय जनाले गरे रगतदान

MadhesKhabar

सबैजना हाेलीमा रमाइरहेका बेला अस्पतालमै पुगेर दुई बिरामीलाई आर्थिक सहयोग

MadhesKhabar

Leave a Comment