Madhes Khabar
समाज

मधेस विश्वविद्यालयको दोस्रो वार्षिकोत्सवमा ३५ जनाले गरे रक्तदान

वीरगन्ज,२२भदौंःवीरगन्जस्थित मधेस विश्वविद्यालयको दोस्रो वार्षिकोत्सवमा आयोजित कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।वीरगन्जको मूर्लीस्थित विश्वविद्यालयकै परिसरमा शनिबार आयोजित कार्यक्रममा ३ महिलासहित ३५ जनाले रगतदान गरेका हुन् ।

रगतदान गर्नेहरुमा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत,मधेस प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेल, रानी साह,राजु यादव, प्रभु साह,अलताब आलम,दीपक चौरसिया,रयिा चौहान,अनिष पटेल,महम्मद जियाउल हक, राजु राउत गद्दी, पवन यादव, लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्यको अध्यक्षता तथा पूर्व मुख्यमन्त्री राउतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, डाक्टर हरेराम ठाकुर,श्याम पोख्रेल, पत्रकार राम सर्राफ लगायतकोपनि सहभागगीथा थियो ।

 

Related posts

बारामा प्रहरीले आयाेजना गरेकोे कार्यक्रममा ६८ जनाले गरे रगतदान

MadhesKhabar

मिलापत्रमा टुंगियो सीके राउत दम्पतीको सम्बन्धविच्छेद मुद्दा

MadhesKhabar

दुर्घटनामा घाइते गुरुङको उपचारका लागि ठोरीका शिक्षकहरुले १ लाख २३ हजार उठाएर गरे सहयोग

MadhesKhabar

Leave a Comment