Madhes Khabar
समाज

राउण्ड टेबल नेपालको अध्यक्षमा नितेश अग्रवाल

वीरगन्ज, १८ भदौ : राउण्ड टेबल नेपालको २३ औँ वार्षिक साधारण सभाबाट नितेशकुमार अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

काठमाडौँमा सम्पन्न २३ औँ साधारण सभाले अग्रवालको अध्यक्षतामा चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतीक अग्रवाल, कोषाध्यक्षमा शाहील अग्रवाल तथा सम्पादकमा पङ्कज झुनझुनवाला रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिले राउण्ड टेबलले सुरु गरेका विभिन्न कार्यक्रमहरूलाई निरन्तरता दिनेछ । राउण्ड टेबल नेपालले हाल देशका विभिन्न स्थानमा विद्यालय स्तरोन्नति, राउण्ड टेबल नेपाल मोडल स्कूल स्थापना, विपन्न वर्गका बालबालिकाहरूलाई छात्रवृत्ति प्रदान, र  एक देश एक लाख बिरुवाको अभियान सञ्चालन गरिरहेको छ ।

त्यस्तै नयाँ कार्यसमितिले आफ्ना सदस्यहरूका लागि विभिन्न तालिम तथा गोष्ठीहरूको आयोजना गर्नुका साथै उनीहरूको नेतृत्व र सिप विकासका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्ने नवनिर्वाचित अध्यक्ष अग्रवालले बताए ।

साधारण सभामा निवर्तमान अध्यक्ष राहुल अग्रवालले आफ्नो कार्यकाल तथा गत आर्थिक वर्षको वार्षिक तथा लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Related posts

सिर्सिया नदिमा फाेहाेर पानी मिसाउने उद्योगलाई कारबाही गर्ने निर्णय

MadhesKhabar

वीरगन्जको परोपकारी संस्था उपकार सेवाले सशस्त्र प्रहरीलाई दियो खानेपानी ट्यांकी

MadhesKhabar

अलौकाे यज्ञमा दलितलाई बस्न नदिने घटना प्रति दलित पत्रकार संघ पर्साको आपत्ती

MadhesKhabar

Leave a Comment