Madhes Khabar
समाज

पुर्व रानी कोमलको जन्मदिनको उपलक्ष्यमा वीरगन्जमा २५ जनालाई कम्बल वितरण

मधेसखबर
वीरगन्ज,७फागुन : राष्ट्रिय प्रजातन्त्र पाटी पर्साले प्रजातन्त्र दिवस र पुर्व रानी कोमल शाहको ७३ औं जन्मोत्सवको उपलक्ष्यमा वीरगन्जामा २५ थान कम्बल वितरण गरेको छ ।आइतबार वीरगन्जको घण्टाघर चोकमा आयोजित कार्यक्रममा राप्रपाले असहाय तथा विपन्नहरुलाई कम्बल वितरण गरेको हो ।


राप्रपाका क्षेत्रीय अध्यक्ष अर्जुन बहादुर सिंह ठकुरीको अध्ध्यक्षता तथा राप्रपाका पूर्व केन्द्रिय सदस्य शम्भु चौरसियाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा राप्रपाका पुर्व केन्द्रिय सदस्य विश्वनाथ साह तेली, बाबुलाल शर्मा,नगिना यादव, जिल्ला उपाध्यक्ष राजेस गुप्ता,जिल्ला सचिव अजय पौडेल, जिल्ला सह–सचिव पवन प्रसाद साह, पार्टीका जिल्ला प्रवक्ता पृथक घिमिरे ,समाजसेवी पशुपति बिक्रम शाह,उषा शाह,नागरिक समाजका केन्द्रिय प्रबक्ता हिरा बहादुर चन्द,बैजु कलवार,बिनिता कुमारी, कमल घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

 

Related posts

प्रेस चौतारीकाे स्थापना दिवस : बारामा विद्यालय र संचारकर्मीलाई सहयोग

MadhesKhabar

पर्साको पाडेपुरमा रहेको मदरसामा ३० जना बालबालिकालाई सुइटर वितरण

MadhesKhabar

पर्साकाे बैरियामा आगलागी पिडित परिवारलाई खाद्यान्न सामग्री सहयाेग

MadhesKhabar

Leave a Comment