Madhes Khabar
अन्तर्राष्ट्रिय

पश्चिम बंगालमा भाजपालाई ऐतिहासिक सफलता,ढल्याे ममता बनर्जीकाे १५ वर्षे सत्ता

काठमाडौं,२१वैशाख: भारतको पश्चिम बंगाल राज्यमा भारतीय जनता पार्टी (भाजपा) बहुमततर्फ अग्रसर भएको छ । २ सय ९४ निर्वाचन क्षेत्रमध्ये २३ र २९ अप्रिलमा २ सय ९३ क्षेत्रमा निर्वाचन सम्पन्न भएको थियो ।

 

मतगणना जारी रहदाँ भाजपा १ सय ३८ क्षेत्रमा विजयी भइसकेको छ । त्यस्तै, ६९ क्षेत्रमा अघि छ । अहिलेको मतपरिणाम हेर्दा भाजपाले २ सयभन्दा धेरै सिट ल्याउने देखिन्छ ।

सन् २०२१ मा भाजपाले ७७ सिट जितेको थियो । त्यसबेला २ सय १५ सिट जितेको त्रिणमुल कंग्रेस (टिएमसी) ले यसपटकको निर्वाचनमा राम्रो धक्का व्यहोरेको छ । अहिलेसम्मको मतगणनाअनुसार टिएमसी ४८ सिटमा विजयी भएको छ । २६ सिटमा अग्रता छ । कंग्रेस आई २ स्थानमा विजयी भएको छ भने बाममोर्चाले १ स्थान जितेको छ ।

Related posts

दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए जमानत

MadhesKhabar

थाइल्याण्डको शिशु स्याहार केन्द्रमा अन्धाधुन्ध गोली चल्दा ३१ को मृत्यु

MadhesKhabar

महाकुम्भमा भाइरल गर्ल मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक बलात्कार आरोपमा पक्राउ

MadhesKhabar

Leave a Comment