Madhes Khabar
समाज

पर्साकाे बैरियामा आगलागी पिडित परिवारलाई खाद्यान्न सामग्री सहयाेग

वीरगन्ज ,२६जेष्ठ : पर्साकाे पाेखरिया नगरपालिका वडा नम्बर ९ बैरियाका आगलागी पिडित परिवारलाई एक पराेपकारी संस्थाले खाद्यान्न सामग्री सहयाेग गरेकाे छ ।

 

बैरियाका आगलागी पिडित देवलाल मुखियाकाे परिवारलाई जन सेवा नामक पराेपकारी संस्थाले १ बाेरा पिठाे, २ बाेरा चामल , १ बाेरा प्याज र १ बाेरा आलु सहयाेग गरेकाे हाे ।

 

शुक्रबार संस्थाका संयाेजक बृजेश्वर प्रसाद चाैधरीसहितकाे टाेलीले पिडित मुखियाकै घरमा पुगेर ती खाद्यान्न सामग्री हस्तान्तरण गरेकाे हाे । त्यसअवसरमा वडाध्यक्ष नाैशाद आलम, संस्थाका सदस्य कन्हैया पटेल, अशाेक श्रीवास्तव, पत्रकार रामराज्य यादव, दिनेश मिश्रा , पाेखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वा लगायतकाेपनि उपस्थिति थियाे ।

Related posts

चार वर्षीया नाबालिकालाई बलात्कार गर्ने चौधरीलाइ जन्म कैदको सजाय

MadhesKhabar

शैक्षिक सहिद मुकुन्द खनाल स्मृति प्रतिष्ठानकाे कार्यक्रममा ६६ जनाद्वारा रक्तदान

MadhesKhabar

प्रहरी दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजित कार्यक्रममा ७३ जनाद्वारा रक्तदान

MadhesKhabar

Leave a Comment