वीरगन्ज,९पुसःवीरगन्जस्थित सिद्धार्थ बैंकले २३ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । वीरगन्जस्थित सिद्धार्थ बैंकको मुख्य शाखा र मुर्ली शाखाले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३ जना महिलासहित ५३ जनाले रक्तदान गरेका हुन्।
सिद्धार्थ बैंक वीरगन्ज शाखाकी श्वेता मानन्धरले सामाजिक सेवाको भावनालाई आत्मसात गर्दै वार्षिकोत्सवलाई मानवीय सेवाको कार्य गरेर मनाइएको बताइन् । सिद्धार्थ बैंक मुर्ली शाखाका प्रमुख भरत पौडेलले वार्षिकोत्सवको अवसरमा सामाजिक सेवाअन्तर्गत रगतदान कार्यक्रम आयोजना गरिएको बताए ।उनले बैंक केवल वित्तीय कारोबारमा सिमित नभई समाजका पीडामा साथ दिने संस्थाका रूपमा अघि बढिरहेको उल्लेख गरे ।
पौडेलले रगतदान जस्तो मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै भविष्यमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
रक्तदान कार्यक्रममा सिद्धार्थ बैंकका मधेस प्रदेश प्रमुख ज्ञानेन्द्र कार्की, वीरगन्ज शाखा प्रमुख मात्रिका खनाल, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहल, पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठक लगायतकाकोपनि उपस्थिति रहेको थियो ।

