
मधेसखबर
वीरगन्ज,१०जेठः पर्साको ठोरी गाँउपालिका ५ बाघमोर्चा मन्दिर छेउमा यहि जेठ ६ गते टाउको र अनुहारमाढुङगाले प्रहार गरि हत्या गरिएका युवकको हत्यामा संलग्न रहेका तीन जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
बाघमोर्चा मन्दिर छेउमा जेठ ६ गते स्थानीय ३५ वर्षिय प्रबिण पाख्रीन गम्भिर घाइते अवस्थामा भेटिएका थिए । वीरगन्ज स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा उनको गत आइतबार मृत्यु भएको थियो ।
पाख्रीनलाइ ढुङगा प्रहार गरि हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाइ पक्राउ गरेको हो ।
घटना पछि फरार रहेका उनिहरुलाइ प्रहरीले काठमाण्डौको महाराजगन्जबाट पक्रेर वीरगन्ज ल्याएको हो ।
पक्राउ पर्नेहरुमा ठोरी ५ बाघमोर्चाका २२ वर्षिय सरोज स्याङ्बो , वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ रामवनका २० वर्षिय किशन लोप्चन रहेका छन् । पक्राउ परेका अर्का १७ वर्षिय कीशोर रहेकाले उनको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।
अनुसन्धानका क्रममा घटनामा ४ जनाको संलग्नता रहेको खुलेकोमा एक जना फरार रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
मृतक पाख्रीनसंग आपसी विवाद भएको निहुमा ४ जनाले पाख्रीनको टाउको र अनुहार ढुङगाले हानेर हत्या गरेको बयान प्रहरीलाएइ दिदएको खनालले जानकारी दिए ।

