वीरगन्ज,१माघःमोतियाबिन्दु रोगको शल्यकृया गराएका पर्साको पोखरिया नगरपालिका वडा नम्बर ७ र ८ का ५३ जनालाई कम्बल वितरण गरिएको छ ।माघे संक्रान्तिको अवसरमा रुंगटा वेल्फेयर सोसाइटीको सहयोगमा लायन्स क्लब अफ वीरगन्ज परिवार, लायन्स क्लब अफ आदर्शनगर र लायन्स क्लब पोखरियाले संयुक्त रुपमा बिहीबार ५३ जनालाई कम्बल बाँडेका हुन् ।
बिहीबार वडा नम्बर ८ जगतपुरमा उनिहरुलाई भेला पारेर एक एक थान कम्बल वितरण गरिएको लायन्स क्लब पोखरियाका अध्यक्ष लायन नेजामुदिन समानीले जानकारी दिए ।
यसअघि सञ्चालित निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको समस्या भेटिएका उनिहरुको दुई हप्तापहिले वीरगन्ज सामुदायिक आँखा उपचार केन्द्रमा शल्यकृयापनि निःशुल्क नै गरिएको थियो ।
बिहीबमर लायन्स क्लब अफ आदर्शनगरका अध्यक्ष सुरेश रुंगटाको अध्यक्षतामा भएको कम्बल वितरण कार्यक्रममा लायन्स क्लबकी जोन चेयर पर्सन डा. लक्ष्मी गुप्ता, डाक्टर मनोज गुप्ता, लायन्स क्लब अफ वीरगन्ज परिवारका अध्यक्ष नरोत्तम पाण्डे, लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुदिन समानी,उपाध्यक्ष आशा देवी, बासु तिमिल्सिना,दिगम्बर थापा लगायतकाको पनि उपस्थिति रहेको थियो।

