Madhes Khabar
समाज

माओवादी नेता लाल बिहारीले २० जनाकाे माेतियाबिन्दुकाे निशुल्क शल्यक्रिया गराइ दिने

मधेसखबर
वीरगन्ज ,०८ असोज: पर्साकाे सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ ओैराहा पन्चगावा बजारमा शनिबार निशुल्क आँखा परिक्षण शीवीर सम्पन्न भएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का  पालिका अध्यक्ष लालबिहारी रामको निजी सहयोगमा नेपाल राष्ट्रिय आदर्श मोहन निम्नमाध्यमिक विधालयकाे परिसरमा आयाेजित शीवीरमा ९० जनाकाे आँखा परिक्षण गरिएकाे थियाे । ती मध्ये २० जनामा माेतियाबिन्दुकाे समस्या भेटिएकाे डाक्टर राजदेव साहले जानकारी दिए ।

माओवादी नेता रामले ती २० जनाकाे आँखाकाे निशुल्क शल्यक्रिया गराइदिने वाचा गरेकाे स्थानीय पत्रकार रामिकशाेर चाैधरीले जानकारी दिए ।उनका हनुसार शीवीरमा निशुल्क ओैषधि वितरण पनि गरिएकाे थियाे ।

Related posts

मानव सेवा आश्रमद्वारा सिमराबाट एक बेसहारा पुरुषको उद्धार

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

वीरगन्जको बाल सुधार गृहलाई एयरकुलर, ल्यापटप र कम्पयुटर प्रदान

MadhesKhabar

Leave a Comment