Madhes Khabar
समाज

बारामा चार वर्षिया नाबालिकालाइ बलात्कार गर्ने पाख्रीन पक्राउ

मधेसखबर
वीरगन्ज,१० असार : बारामा चार वर्षिया नाबालिकालाइ बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरीका १९ वर्षिय अजय पाख्रीन रहेका छन् ।

प्रहरीका अनुसार , यहि असार ८ गते पाख्रीनले गाँउकै चार वर्षिया नाबालिकालाइ चकरी जंगलमा लगेर बलात्कार गरेका थिए । बलात्कार पछि फरार रहेका पाख्रीनलाइ , पिडित बालिकाका बुबाले दिएको जाहेरीका आधारमा असार ८ गते नै साँझ ६ बजे पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

पक्राउ परेका पाख्रीन विरुद्ध जबरजस्ती करणी सम्वन्धी कसूरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको थापाले बताए ।

Related posts

धरानका मेयर हर्कको अभिव्यक्ति प्रति दलित आयोगको आपत्ति

MadhesKhabar

त्रिशुली घटना : न लास भेटियाे, न जिउँदै भएकाे आस

MadhesKhabar

वीरगन्जमा राेटरी क्लबकाे कार्यक्रममा ५० जनाद्वारा रक्तदान

MadhesKhabar

Leave a Comment