Madhes Khabar
राष्ट्रिय

पूर्व प्रधानन्यायाधीश चोलेन्द्रलाई प्रहरीले छाड्यो

काठमाडौं,११ असोजः शनिबार मध्यराति घरबाटै पक्राउ परेका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएर घर पठाएको छ ।

शनिबार मध्यराति घरबाटै पक्राउ परेका जबरालाई आइतबार दिउँसो परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले भने जबरालाई सुरक्षित ठाउँमा पठाएको बताएका थिए ।‘सुरक्षित ठाउँ’ भनेको कहाँ हो भन्नेबारे भने उनले खुलाएका छैनन् ।

शनिबारराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो ।उनलाई भेट्न भनेर आइतबार बिहान प्रहरी कार्यालय पुगेको मानव अधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएको थिएन । गेटमा करिब ४५ मिनेट कुर्दा पनि भेट्न नदिइएपछि आयोगको टोली फर्किएको थियो ।

सरकारले जबरालाई पक्राउ गर्नुपर्नाका कारण खुलाएको छैन ।एसएसपी खड्काले ‘सुरक्षा थ्रेट’ भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नुपरेको जिकिर गरेका छन् ।

शनिबारराति अपराध अनुसन्धान कार्यालय टेकुको टोली निवास आएपछि जबराले भाइ प्रभुशम्शेरलाई फोन गरेर जानकारी गराएका थिए ।

Related posts

रसुवामा दुई दिनसम्म माटोमुनि पुरिएकी बालिकाको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

MadhesKhabar

रास्वपाबाट शिक्षामन्त्रीमा खनाल, श्रममन्त्रीमा अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा कार्की

MadhesKhabar

रवि लामिछाने गृहमन्त्री हुदाँ भिजिट भिसामा ८ हजार २७९ भारतीय नागरिक तेस्रो मुलुक गएको खुलासा

MadhesKhabar

Leave a Comment