Madhes Khabar
राष्ट्रिय

रास्वपाबाट शिक्षामन्त्रीमा खनाल, श्रममन्त्रीमा अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा कार्की

काठमाडौं ,०३माघ :राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) रास्वपाले भागबन्डामा तीन मन्त्रालय पाएको छ । रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने भएको छ ।

सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापित रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो गरेका हुन् ।

उपप्रधानसहित गृहमन्त्रीको रुपमा लामिछाने यसअघि नै सरकारमा सामेल भइसकेका छन् । शिक्षामन्त्री बन्न लागेका खनाल काठमाडौं-६ बाट निर्वाचित सांसद हुन् । अर्याल भने समानुपातिक सांसद हुन् । स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी कार्की ललितपुर–३ बाट निर्वाचित सांसद हुन् ।साभार:कान्तिपुर

Related posts

वीरगन्ज महानगरमा राजेशमानको अग्रता ४२ सय भन्दा बढि

MadhesKhabar

चीनले कब्जा गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारसंग माग

MadhesKhabar

लगातार १० पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार पराजित

MadhesKhabar

Leave a Comment