Madhes Khabar
राष्ट्रिय

लगातार १० पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार पराजित

मधेसखबर
वीरगन्ज,०५ जेठ
:ललितपुर महानगरपालिका वडा नम्बर १० मा १० पटकसम्मको वडा अध्यक्ष जितेका नरसिंह व्यञ्जनकार यसपटक भने पराजित भएका छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा ११ औं पटक वडा अध्यक्ष पदमा उनी स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका थिए । तर उनी यसपटक भने आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित भएका हुन् ।८१ वर्षीय नरसिंहले ५४३ मत पाउँदा उनका ४४ वर्षीय भतिज रविनमानले ८२५ मत ल्याउँदै वडा अध्यक्ष पद जिते । जितेका रविनमान नेपाली कांग्रेसका उम्मेदवार हुन् ।नरसिंह भने स्वतन्त्र रुपमा चुनाव लडेका थिए । उनले पुतली चुनाव चिह्न पाएका थिए ।
नरसिंह २०२९ सालमा पहिलो पटक वडाध्यक्ष बनेका थिए । त्यतिबेला उनले दरबार निकट मानिने देवेन्द्रलाल अमात्यलाई हराएका थिए । त्यसयता ललितपुर महानगरपालिका वडा नम्बर १० को नेतृत्व उनले नै गर्दै आएका थिए ।

बहुदल आएपछिको पहिलो स्थानीय चुनावमा उनी नेपाली कांग्रेसको तर्फबाट निर्विरोध भएका थिए । २०७४ को स्थानीय चुनावमा पनि उनी स्वतन्त्र रूपमा नै चुनाव जितेका थिए ।

Related posts

आगामी मंसिरको पहिलो हफ्तामा निर्वाचन गर्न आयोगद्वारा सरकारलाई सिफारीस

MadhesKhabar

ब्रेक सु र भेपमा लुकाएर करिब ३१ अर्बको ३२ क्वीन्टल सुन तस्कारी भएको सिआईबीको निष्कर्ष

MadhesKhabar

बाढी र पहिरोको ताजा अपडेट : देशभर ६० जनाको मृत्यु, ६४ जना बेपत्ता

MadhesKhabar

Leave a Comment