
माधुरी महत्तो
वीरगन्ज , ०९ बैशाख : दाङको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला एक समुहले आक्रमण गर्दा ८ जना घाइते भएका छन् ।
लमही स्थित सुनन्त फैजाने रजा मस्जिदमा शुक्रबार दिउसो मुस्लिम धर्मावलम्बीहरुले नमाज पढिरहेका बेला अपरिचित व्याक्तिहरुले धारिलो हतियार र इटटा प्रहार गर्दा ८ जना घाइते भएका हुन् ।
घाइते मध्ये १ जनाको अवस्था गम्भिर रहेको छ ।
आक्रमणबाट लमही नगरपालिका–५ का ६४ वर्षीय गुठे कुरेसीको टाउकोमा गहिरो घाउ लागेकाले उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा लमही ५ कै ३३ वर्षीय अरसद अली, साविर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मियाँ, २५ वर्षीय कमाल अली र ४२ वर्षीय मोहम्मद याकदिन अली सामान्य घाइते भएका छन् ।
घाइतेहरू मध्ये ४ जनाको लमही अस्पतालमा र अन्य ४ जनाको जानकी मेडिकलमा उपचार भइरहेको उक्त घटनामा ८ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका इन्चार्ज पुष्पराज थापाले जानकारी दिए ।
आक्रमण गर्ने समुहको पहिचान खुल्न सकेको छैन ।उनिहरुको खोजी भइरहेको थापाले जानकारी दिए ।

