Madhes Khabar
मनोरञ्जन

भोजपुरी गायक सुनिल पडितको “राज करतानि” बोलकाे गीत सार्वजनिक

वीरगन्ज,२भदाैं: वीरगन्जका लोकप्रिय भोजपुरी गायक सुनिल पडितको ‘राज करतानी’ वोलको नयाँ गीत सार्वजनिक गरिएको छ।सोमबार बिहान गायक पडितकै आधिकारिक युट्युब च्यानल Sunil Pandit Official मार्फत बजारमा ल्याइएको हो।

वीरगन्जमा छायांकन गरिएको गीतको भिडियोमा चर्चित टिकटकर निभा यादव, कमेडियन ( हास्यकलाकार ) दिपेश शर्मा र गायक पडितका छोरा धिरज पडितको अभिनय रहेकाे छ।

सुनिल पडित र चर्चित गायिका शिल्पी राजको सुमधुर आवाजमा रहेको यस गीतमा शब्द (लिरिक्स) शिव साजनले लेखेका हुन् भने संगीत मन्टु मनिषले दिएका छन्। भिडियो निर्देशन (डाइरेक्शन) नवीन नेपालीले गरेका छन्। साथै मेकअप आर्टिस्टको भूमिकामा मधु चौधरी रहेका छन्।

आकर्षक जोडीको प्रस्तुतिसहित तयार गरिएको उक्त भिडियोले दर्शक तथा श्रोतालाई नयाँ अनुभव दिने विश्वास गरिएको गायक पडितले बताएका छन्। गीत विमोचन समारोहमा कलाकारहरूले आफ्ना अनुभव सुनाउँदै दर्शक तथा श्रोताहरूलाई गीतलाई माया गरिदिन आग्रह गरे।

Related posts

‘गदर २’ ले कमायो ४ सय करोड भारु

MadhesKhabar

‘लाल लाल लेहेंगा’ गाँउदै रक अवतारमा भोजपुरी गायक सुनिल पण्डित

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

Leave a Comment