Madhes Khabar
राष्ट्रिय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौ : गृहमन्त्री सुधन गुरुङ

काठमाडौं,१३चैतः नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भदौ २३ र २४ गतेका जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न पूर्ववर्ती सरकारद्वारा गौरी बहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सरकारले एकद्वार प्रणालीबाट काम गर्ने उल्लेख गरे ।

उनले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने पनि बताए । ‘जेनजी’ आन्दोलनको मर्मअनुसार सरकार अघि बढ्ने उनले सुनाए ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त घटनामा विभिन्न व्यक्तिहरूलाई कारबाही सिफारिससहित सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

Related posts

मधेस प्रदेशमा सबै भन्दा बढि उम्मेदवार

MadhesKhabar

चुनावको मिति घोषणा लगत्तै मतदाता नामावली संकलन स्थगित

MadhesKhabar

मिटरब्याजी पिडित आमाको वेदना : १४ लाखको ४४ लाख तिर्दा पनि छोरो जेलमा छ

MadhesKhabar

Leave a Comment