Madhes Khabar
राष्ट्रिय

चुनावको मिति घोषणा लगत्तै मतदाता नामावली संकलन स्थगित

 मधेसखबर

वीरगन्ज,१९ साउन : प्रतिनिधिसभा  र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तोकिएपछि निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने कार्य स्थगित गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आगामी २०७९ मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने मिति तोकेको छ ।

सरकारले मिति तोकेलगत्तै बिहिबार नै निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै तत्कालका लागि मतदाता नामावली दर्ता स्थगित गर्ने जनाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राख्दै तत्कालका लागि मतदाता नामावली दर्ता स्थगित गरेको बताए ।

आयोगले जिल्ला निर्वाचन कार्यालयसहित कार्यालयहरूबाट भइरहेको मतदाता नामावली दर्ता साउन २० गतेबाट स्थगित गर्ने भएको छ ।

प्रवक्ता पौडेलले अनलाइनबाट फारम भएकाहरूको हकमा भने आवेदन दिइसकेकाहरूका लागि २१ गतेसम्म औंठाछाप लिने व्यवस्था मिलाइने बताए।

Related posts

साउदीमा दुई महिनामा ४३ नेपालीको मृत्यु

MadhesKhabar

पटेर्वासुगौलीमा एमालेको विरासत भत्काउदै काँग्रेस विजयी

MadhesKhabar

नागरिकता माग्दै काठमाडौंमा आजपनि प्रदर्शन

MadhesKhabar

Leave a Comment