Madhes Khabar
राष्ट्रिय

चुनावको मिति घोषणा लगत्तै मतदाता नामावली संकलन स्थगित

 मधेसखबर

वीरगन्ज,१९ साउन : प्रतिनिधिसभा  र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तोकिएपछि निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने कार्य स्थगित गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आगामी २०७९ मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने मिति तोकेको छ ।

सरकारले मिति तोकेलगत्तै बिहिबार नै निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै तत्कालका लागि मतदाता नामावली दर्ता स्थगित गर्ने जनाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राख्दै तत्कालका लागि मतदाता नामावली दर्ता स्थगित गरेको बताए ।

आयोगले जिल्ला निर्वाचन कार्यालयसहित कार्यालयहरूबाट भइरहेको मतदाता नामावली दर्ता साउन २० गतेबाट स्थगित गर्ने भएको छ ।

प्रवक्ता पौडेलले अनलाइनबाट फारम भएकाहरूको हकमा भने आवेदन दिइसकेकाहरूका लागि २१ गतेसम्म औंठाछाप लिने व्यवस्था मिलाइने बताए।

Related posts

जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता पाउनु पर्छ : ओली

MadhesKhabar

राप्रपा अध्यक्ष लिङदेन भन्छन्– वीरगन्जका जनताले मेयरमा गिरिशलाइ नै जिताउछन्

MadhesKhabar

सहकारी ठगी प्रकरणमा जीबी राई र रवि लामिछानेविरुद्ध उजुरी दर्ता

MadhesKhabar

Leave a Comment