Madhes Khabar
राष्ट्रिय हेडलाइन

जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता पाउनु पर्छ : ओली

फाइल फोटो

मधेसखबर
वीरगन्ज ,२५ भदौं : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंंशजका आधारमा नागरिकता पाउनुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग ओलीले सरकारले अहिले ल्याएको नागरिकता विधेयकमा जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता पाउनेछन् भन्ने संशोधन थप गरी विधेयक ल्याउनुपर्ने धारणा राखेका हुन्।ओलीले भने,‘यो संशोधन विधेयक तीन दिनमा पास हुनेछ,’ ।

उनले नागरिकता विधेयक सम्बन्धमा सरकारले तनावको विषय बनाएर समस्या समाधान गर्न नखोजेको आरोप लगाए।उनले नागरिकता विषयका सम्बन्धमा गठबन्धन दललाई भोटको राजनीति नगर्न अनुरोध गरे।

पूर्वप्रधानमन्त्री ओलीले संसद बहस र विधिका आधारमा चल्नु पर्दछ भन्दै व्यक्तिले संसद चलाउन खोज्नु मुलुकलाई अस्थिरतातर्फ धकेल्नु भएको धारणा राखे।

पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा सरकारले कर्मचारी सरूवा र नियुक्ति गर्नु गलत कार्य भएको बताए। रासस

Related posts

निजगढ विस्फोट अपडेटः विस्फोट भएको शंकास्पद वस्तु ६५ सय रुपैयाँमा किनबेच भएको खुलासा

MadhesKhabar

वीरगन्जमा दलित विद्यार्थीका लागि दलित छात्रावास निर्माण गर्ने मेयर सिंहकाे घाेषणा

MadhesKhabar

अदालतको एक पक्षीय फैसलाका कारण दुइ सन्तानकी आमा आरती बिचल्लीमा

MadhesKhabar

Leave a Comment