Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

मन्त्री यादवको पहलमा पर्सा बारा औधोगीक क्षेत्रको विधुत आपूर्तिमा देखिएको समस्या समाधान हुदै

मधेसखबर

वीरगन्ज,१८ साउन :  पर्सा बारा औद्योगिक करिडोरका उद्योगीले झण्डै ३ दशकभन्दा लामो समयदेखि भोग्दै आएको विद्युत आपूर्तिको समस्या  वन तथा वातावरण मन्त्री प्रदीप यादवको पहलमा सामाधान हुने भएको छ।

समय–समयमा विद्युत अवरुद्ध हुने, ट्रीपीङ्ग हुने, भोल्टेज कम हुने, अघोषित रुपमा लोडसेडिंग हुने जस्ता समस्याहरुबाट सास्ती खेपीरहेका उद्योगीहरुले अब राहत पाउने भएका हुन् ।

मन्त्री यादवले लामो समयदेखि रोकिएको पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म ३३ के.भि. क्षमताको अण्डरग्राउण्ड (भूमिगत) विद्युत प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिएकाले विधुत आपूर्तिमा देखिएको समस्या समाधान हुने भएको हो।

 

नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधिन १३२ केभि विद्युत प्रसारण लाईनअन्र्तगत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्राधिकरणले मागेको अनुमति बुधवार मन्त्री यादवले स्विकृत गरेका हुन् ।

 

मन्त्री यादवले वन मन्त्रालयबाट अनुमति नपाएर रोकिएका सबै निर्माणका कामहरु तिव्र गतिमा अघि बढ्ने प्रतिबद्धता गरेअनुरुप विद्युत प्रसारण लाईन जडानको काम अघि बढ्ने भएको छ ।

पर्सा बारा औधोगीक  क्षेत्रका उद्योगी व्यवसायीले लामो समयदेखि उक्त समस्या समाधान गर्न आग्रह गर्दै आएका थिए । तर, कुनैपनि सरकारले उनीहरुको समस्या समाधान गर्न अग्रसरता देखाएका थिएनन् ।

पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्म करिब ४ हजार ८ सय ३० मीटर लम्बाईको ३३ केभि क्षमताको अण्डरग्राउण्ड विद्युत प्रसारण लाईन निर्माण हुने भएपछि बारा पर्साका उद्योगीहरुको माग पनि पूरा भएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले बताए ।

मन्त्री यादवका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट पेश भएका सम्पुर्ण शर्तहरुको पालना हुने गरी प्रसारण लाईन जडान हुनेछ ।

वन तथा वातावरण मन्त्रालयको बुधवार बसेको बैठककै निर्णयअनुसार सो क्षेत्रमा भोगाधिकारको जग्गाभित्र पर्ने गरी माग बमोजिम ३३ के.भि. क्षमताको अण्डर ग्राउण्ड विद्युत प्रसारण लाईन निर्माण गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिइएको मन्त्री यादवका उप स्वकिय सचिव निखिल बरनवालले जानकारी दिए ।

Related posts

पर्सा : कक्षा ९ की छात्रा सोनी गुप्ता बनिन् एक दिनका लागि प्रधानाध्यापक

MadhesKhabar

पर्साका मधेसी दलमा उथलपुथल : करिमा, शशीकपुर सहित सयौं नेताहरु जनमतमा प्रवेश गर्दै

MadhesKhabar

घट्यो अन्डाको मूल्य

MadhesKhabar

Leave a Comment