Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा प्रहरी जवानको हत्या ,एक महिलासहित चार जना पक्राउ

वीरगन्ज,३०चैतःवीरगन्ज्मा एक प्रहरी जवानको हत्या गरिएको आरोपमा प्रहरीले एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ श्रीपुरस्थित भारतीय महावाणिज्य दूतावास पछाडिको एक घरमा आइतबार प्रहरी जवान २७ वर्षीय विकास चौरसियाको कुटपिट गरि हत्या गरिएको थियो। मृतक पर्साकै कालिकामाई गाउँपालिका–१ मुडली निवासी चौरसिया जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत थिए। उनि बिदामा पर्सास्थित घर आएका बेला आइतबार साँझ उनको हत्या भएको हो ।

उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटको माधवनारायण नगरपालिका–१ निवासी २६ वर्षीय सन्तोष साह, उनकी पत्नि २४ वर्षीया सोनी कुमारी साह , बारागढी नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह र भारतको दिल्ली निवासी २१ वर्षीय ओमवीर प्रजापतिलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। तीमध्ये विशाल सन्तोषका नातामा पर्ने भाइ र ओमवीर उनका साथी हुन्।

प्रहरीका अनुसार, मृृतक चौरसिया र सन्तोषकी पत्नि सोनीबीच पहिलेदेखि चिनजान थियो । आइतबार साँझ चौरसिया सन्तोष र सोनीले डेरा लिएर बसेको कोठामा गएका थिए । त्यहि बेला विवादका क्रममा सन्तोष , उनकी पत्नि सोनीसहितकाले चौरसियालाई कुटपिट गर्दै रडले प्रहार गरेका थिए । गम्भीर घाइते चौरसियालाई नारायणी अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

घटनाबारे जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरीले सन्तोष, उनकि पत्नि सोनी, विशाल र ओमवीरललाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

चारै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए । बस्नेतले भने, मृतक र सोनीबीच पहिलेदेखि चिनजान रहेको अनुसन्धानका क्रममा खुलेको छ । तर विवाद र कुटपिट केकति कारणले भएको भन्ने बारेमा अहिलेसम्म खुलेको छैन । हामी अहिलेपनि अनुसन्धानमै छौं ।

 

Related posts

पर्सा-१ मा कस्ले जित्ला ? तथ्यांकले भन्छ प्रदीप नै अगाडि

MadhesKhabar

वस्ती खालि भए मात्र निजगढ विमानस्थलका लागि रुख काट्ने अनुमति दिन्छौ : वन मन्त्री यादव

MadhesKhabar

मधेशमा कांग्रेस आगन्तुक होइन, कांग्रेस मधेशको अंग हो -काँग्रेस सभापती गगन थापा

MadhesKhabar

Leave a Comment