Madhes Khabar
स्थानिय

वीरगन्ज : ८ वर्षदेखि स्कूलमा सञ्चालित वडा कार्यालय अब आफ्नै नवनिर्मित भवनमा

वीरगन्ज,२७ चैत : करिब ८ वर्षदेखि विद्यालयको भवनमा सञ्चालन हुदैं आएको वीरगन्ज महानगरपालिका वडा नम्बर ८ को वडा समितिको कार्यालय अब आफ्नै नवनिर्मित भवनमा सञ्चालनमा ल्याइएको छ ।

वीरगन्ज महानगरपालिकाको ८४ लाख रुपैयाँको लागतमा नवनिर्मित दुई तल्ले भवनमा शुक्रबारदेखि वडा समितिको कार्यालय सञ्चालनमा ल्याइएको हो । शसक्रबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनिर्मित वडा समिति कार्यालय भवनको समुद्घाटन गरेका हुन् । शुक्रबार वीरगन्ज महानगरपालिकाका सिंहले नवनिर्मित भवनको हिन्दु रितिरिवाज अनुसार पूजापाठ गरी नवनिर्मित भवनको उद्घाटन गरेको वडाध्यक्ष रितेश गुप्ताले जानकारी दिए ।

वडा नम्बर ८ स्थित रात्री मावि भवन छेउको जग्गामा ७ कोठाको दुई तल्ले सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण गरिएको वडाध्यक्ष रितेश गुप्ताले जानकारी दिए । यसअघि करिब ८ वर्ष देखि वडा समितिको कार्यालय रात्री माविकै भवनको तीन वटा कोठामा सञ्चालनमा रहेको थियो ।

उनका अनुसार, आफ्नै भवन नहुदाँ करिब ८ वर्षदेखि वडा समितिको कार्यालय विद्यालयको भवनमा सञ्चालनमा थियो । अब भने आफ्नै नवनिर्मित भवनमा वडा कार्यालय सञ्चालनमा ल्याइएको वडाध्यक्ष गुप्ताले जानकारी दिए ।नवनिर्मित आफ्नै सुविधासम्पन्न भवनबाट वडा कार्यालय सञ्चालनमा ल्याएपछि सेवाका लागि आउने सेवाग्राहीहरुलाई सहज रुपमा सेवा दिन सकिने उनले बताए ।

वडाध्यक्ष गुप्ताकै अध्यक्षता तथा मेयर सिंहको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित भवनको उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडाध्यक्षहरु बैजुलाल स्वर्णकार, हृदयनारायण कुर्मी , उमाशंकर तिवारी ,सन्तोष जैशी, हरिाकाजी महर्जन लगायतकाकोपनि उपस्थिती थियो ।

Related posts

गणतन्त्र दिवसकाे उपलक्ष्यमा कांग्रेसद्वारा वीरगन्जमा दीप प्रज्वलन

MadhesKhabar

वीरगन्जमा डीप बोरिङमा अनाधिकृत रुपमा जोडिएका विधुतको लाइन काट्ने प्राधिकरणको तयारी

MadhesKhabar

जेनजी आन्दोलनमा भीमफेदी जेलबाट भागेका कैदी अमजत मियाँ २२ दिनपछि वीरगन्जबाट पक्राउ

MadhesKhabar

Leave a Comment