Madhes Khabar
स्थानिय

पर्साको कोइलाभारबाट ७ थान गोलीया काठ बरामद

प्रमोद यादव
पर्सा,२०मंसिरः पर्साको ग्रामीण भेगबाट प्रहरीले जंगलबाट तस्करी गरि ल्याइएको सात थान सालको गोलीया काठ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले पर्सागढी नगरपालिका वडा नम्बर १ कोइलाभार टोलमा पराल भित्र लुकाएर राखिएको अवस्थामा सात थान सालको गोलीया काठ बरामद गरेको हो ।

मंगलबार बेलुकी साढे ७ बजेको समयमा कोइलाभार टोलमा परालको थुप्रोभित्र लुकाएर राखिएको गोलीया काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केशरीले जानकारी दिए ।

उनका अनुसार ४० इन्च मोटाई र ७ फिट लम्बाइको गोलीया एक थान, ३५ इन्च मोटाई र ४ फिट लम्बाइको गोलीया २ थान तथा ३० इन्च मोटाई र ४ फिट लम्बाइको गोली ४ थान प्रहरीले बरामद गरेको हो ।बरामद गोलीया काठ थप अनुसन्धान तथा कारबाहीका लागि सब डिभिजन वन कार्यालय सखुवनियामा बुझाइएको प्रहरी निरीक्षक केशरीले बताए ।

Related posts

वीरगन्जको जगरनाथपुरमा जसपा कार्यकर्ता तेलीको घरबाट नगद र गरगहना चोरी

MadhesKhabar

वीरगन्जमा थप सिसिटिभी क्यामेरा जडानका लागि बैंकहरुले दिए १७ लाख ७५ हजार रुपैयाँ

MadhesKhabar

वीरगन्जमा नवनिर्मित सडककाे सांसद यादव र मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment