Madhes Khabar
स्थानिय

वीरगन्जको जगरनाथपुरमा जसपा कार्यकर्ता तेलीको घरबाट नगद र गरगहना चोरी

वीरगन्ज,२१पुसःवीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा शनिबारराति एक जनाको घरमा चोरी भएको छ । जगरनाथपुरका उमेश साह तेलीको पक्की घरमा शनिबार राति नगद र गरगहना चोरी भएको हो । तेली जसपाका कार्यकर्ता हुन् ।

तेलीका अनु्सार, उनको घरबाट नगद १ लाख ५० हजार रुपैयाँ,सुनको दुई वटा सिक्रि, सुनको चार वटा औंठी चोरी भएको हो । नगद १ लाख ५० हजार र सुनको ५ तोला गहना चोरी भएको तेलीले बताए । शनिबारराति सपरिवार आँफुहरु वीरगन्जस्थित डेरामा आएका बेला चोरहरुले जगरनापुरस्थित आफनो घरको मूल ढोकाको ताल्चा फोडेर चोरहरुले सुत्ने कोठामा रहेको दराजको ताल्चा फोडेर नगद र गरगहना चोरेर लगेको तेलीले बताए ।

दुई तीन दिन पहिला स्थानीय हरिन्द्र यादव र मनोज ठाकुरले केहि अपरचित व्याक्तिहरुलाई गाँउमा ल्याएर आफनो घर देखाएको कूरा आफनी पत्निले आँफुलाई बताएको भन्दै तेलीले चोरीको घटनामा उनिहरुको संलग्नता रहेको हुनसक्ने आरोप लगाए ।

घरमा चोरी बारे आइतबार बिहानै प्रहरीलाई जानकारी गराएपछि प्रहरीको टोली घरमा आएर मुचुल्का बनाएर लगेको तेलीले बताए । उनले चोरीका घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन उनले प्रहरीसंग आग्रह गरे ।

Related posts

वीरगन्जमा तस्करीको आंशकामा नमस्ते ट्रान्सपोर्टको ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलबाट हट्यो एसएसबीको चेकपोष्ट

MadhesKhabar

नेपाली नम्बर प्लेटका गाडीलाई रक्साैल प्रवेशमा लगाइएकाे राेक फुकुवा

MadhesKhabar

Leave a Comment