Madhes Khabar
स्थानिय

वीरगन्जको जगरनाथपुरमा जसपा कार्यकर्ता तेलीको घरबाट नगद र गरगहना चोरी

वीरगन्ज,२१पुसःवीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा शनिबारराति एक जनाको घरमा चोरी भएको छ । जगरनाथपुरका उमेश साह तेलीको पक्की घरमा शनिबार राति नगद र गरगहना चोरी भएको हो । तेली जसपाका कार्यकर्ता हुन् ।

तेलीका अनु्सार, उनको घरबाट नगद १ लाख ५० हजार रुपैयाँ,सुनको दुई वटा सिक्रि, सुनको चार वटा औंठी चोरी भएको हो । नगद १ लाख ५० हजार र सुनको ५ तोला गहना चोरी भएको तेलीले बताए । शनिबारराति सपरिवार आँफुहरु वीरगन्जस्थित डेरामा आएका बेला चोरहरुले जगरनापुरस्थित आफनो घरको मूल ढोकाको ताल्चा फोडेर चोरहरुले सुत्ने कोठामा रहेको दराजको ताल्चा फोडेर नगद र गरगहना चोरेर लगेको तेलीले बताए ।

दुई तीन दिन पहिला स्थानीय हरिन्द्र यादव र मनोज ठाकुरले केहि अपरचित व्याक्तिहरुलाई गाँउमा ल्याएर आफनो घर देखाएको कूरा आफनी पत्निले आँफुलाई बताएको भन्दै तेलीले चोरीको घटनामा उनिहरुको संलग्नता रहेको हुनसक्ने आरोप लगाए ।

घरमा चोरी बारे आइतबार बिहानै प्रहरीलाई जानकारी गराएपछि प्रहरीको टोली घरमा आएर मुचुल्का बनाएर लगेको तेलीले बताए । उनले चोरीका घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन उनले प्रहरीसंग आग्रह गरे ।

Related posts

खानेपानीको समस्याग्रस्त वीरगन्ज महानगरको वडामा मेयर सिंहको अनुगमन

MadhesKhabar

नारायणगढबाट वीरगन्ज आँउदै गरेकाे बस ३ नम्बर पुलबाट खाेलामा खस्दा ४ जना गम्भीर घाइते

MadhesKhabar

अबिरल बर्षाका कारण कलैयामा घर भत्किदा परिवारजनको बिचल्ली

MadhesKhabar

Leave a Comment