Madhes Khabar
स्थानिय

वीरगन्जमा गरिएको वृक्षारोपण बारेको समाचारप्रति महानगरको ध्यानाकर्षण

वीरगन्ज, ७ जेष्ठ : वीरगन्जबाट प्रकाशित केही पत्रपत्रिका र सामाजिक सञ्जालमा घण्टाघरदेखि पावरहाउस चोकसम्म गरिएको वृक्षारोपणका बारेमा आएका समाचारप्रति वीरगन्ज महानगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार महानगरका मेयरका प्रेस सल्लाहकार महेश दासले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै केही पत्रपत्रिका र सामाजिक संजालमा आएको खबरप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

घण्टाघरदेखि पावरहाउस चोकसम्मको डिभाइडरमा गरिएको वृक्षारोपण कार्य कसैको लहड र कसैलाई पोषित गर्न नभई नगरलाई हराभरा र सुन्दर बनाउन गरिएको योजना भएको पनि उनले स्पष्ट पारेका छन् ।महानगरपालिका भ्रष्टचारका सवालमा शून्य सहनशीलता नीतिका साथ अघि बढिरहेकाले यसमा कसैले अनियमितता गर्ने, हेलचेक्र्याइ गर्ने भन्ने कुनै गुन्जाइस नै नरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भ्रामक र तथ्यहिन समाचार पत्रपत्रिका र सामाजिक सञ्जालमा प्रकाशन गरेर नगरवासीलाई भ्रमित पार्ने काम मात्रै भएको भन्दै दासले यथार्थ र तथ्यमा रहेर समाचार प्रकाशन गर्न पनि सबैलाई आग्रह गरेका छन् ।रकम भुक्तानी नै नभएको योजनामा अनियमितता भयो भनेर समाचार प्रकाशित हुनु दुखद भएको भन्दै उनले वृक्षारोपण कार्य उपभोक्ता समितिमार्फत नभई सम्बन्धित संस्थासँग सोझै सम्झौता गरेर गरिएको पनि स्पष्ट पारेका छन् ।

अहिले घण्टाघरदेखि पावरहाउस चोकसम्म रोपिएका प्रायः सबै विरुवा सप्रिएको भन्दै उनले त्यो स्थलगत रुपमै गएर जो कोहीले अवलोकन गर्न सक्ने पनि बताएका छन् ।महानगरको नयाँ नेतृत्वले विगतमा जस्तो फाइल हराउने, लुकाउने प्रवृत्ति पूर्ण रुपले समाप्त पारेको भन्दै समाचारमा भनिए जस्तो फाइल नभेटिएको कुरा सरासर गलत रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

वीरगन्ज महानगरपालिकाले वृक्षारोपण मात्रै नभई नगर सफा सुन्दर बनाउन विभिन्न योजना अघि बढाइरहेको उल्लेख गर्दै दासले पत्रपत्रिका र सामाजिक सञ्जालमा आएको समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।

 

Related posts

बिन्दवासिनीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत साहलाई जनप्रतिनिधी र कर्मचारीले गरे स्वागत

MadhesKhabar

कलैयामा दिनदहाडै स्कुलका प्रधानाध्यापकमाथि गाेली प्रहार

MadhesKhabar

वीरगन्जमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्यांकी र ट्यांकरमार्फत पानी वितरण

MadhesKhabar

Leave a Comment