Madhes Khabar
स्थानिय

वीरगन्जकाे शोभा यात्रामा भएको हिंसाकाे घटनाकाे विरोधमा जनकपुरमा गृहमन्त्रीको पुतला दहन

जनकपुर,३१चैत: वीरगन्जमा शनिबार निकालिएको हनुमान जन्मोत्सवको शोभा यात्राका क्रममा भएको झडपको घटनाविरोधमा जनकपुरमा आइतबार राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेकाे छ।

जनकपुरमा भएको विरोध प्रदर्शनमा सहभागीहरूले गृह मन्त्रालयको निष्क्रियता प्रति आक्रोश व्यक्त गर्दै गृहमन्त्री रमेश लेखकको पुतला दहनपनि गरेका छन्। उनीहरूले दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न मागपनि गरेका छन्।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले “सर्वपक्षीय बैठकको नाटक बन्द गर”, दोषीलाई तत्काल गिफ्तार गर लगायतका नारा लगाएका थिए।

अभियानका प्रतिनिधिहरूले भने, “यो कुनै साधारण घटना होइन, धार्मिक स्वतन्त्रतामाथि आक्रमण हो। दोषीहरूलाई छिटोभन्दा छिटो कारबाही नभए अझ कडा आन्दोलन गरिनेछ।”

Related posts

वीरगन्ज शहरलाई हराभरा र सुन्दर बनाउने काम भइरहेको छ : मेयर सिंह

MadhesKhabar

सवारी दुर्घटना न्युनिकरणका लागि वीरगन्ज १० का ६ स्थानमा लगाइयाे स्पिड ब्रेकर

MadhesKhabar

नारायणी रंगशालालाई उपेक्षा गरेर सरकारले वीरगन्जसंग फेरि विभेद गर्याे: मेयर सिंह

MadhesKhabar

Leave a Comment