Madhes Khabar
स्थानिय

सखुवा प्रसौनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत यादवलाई जनप्रतिनिधीहरुले गरे स्वागत

वीरगन्ज,७असोजःपर्साको सखुवा प्रसौनी गाउँपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत सन्जिव यादवले मंगलबारदेखि कार्यभार सम्हालेका छन् । त्यसअघि मंगलबार गाँउपालिका कार्यालयमा पुगेका यादवलाई गाँउपालिका अध्यक्ष जसवन्त यादव,उपाध्यक्ष शर्मिला बिष्टसहितका जनप्रतिनिधीहरुले फुलमाला लगाएर स्वागत गरेका थिए ।

त्यसअवसरमा वडाध्यक्षहरु बासुदेव महतो, चिरञ्जीवी महतो,मोजामिल अन्सारी, मोहद आरिफ अन्सारी, कार्यपालिका सदस्य महादेव साह कलवार,लालबहादुर उराँवका साथै विभन्नि शाखाका प्रमुख र कर्मचारीहरूको उपस्थिति थियो।

नयाँ प्रमुख प्रशासकीय अधिकृत यादवले कार्यभार सम्हालेपछि आयोजित औपचारिक कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष यादवले नयाँ प्रमुख प्रशासकीय अधिकृत यादवको आगमनले गाउँपालिकाको सेवा प्रवाहमा नयाँ उत्साह र जोश थपिने विश्वास व्यक्त गरे। उनले भने,“गाउँपालिकामा आएका सेवाग्राहीले सजिलो, सहज र छिटोछरितो सेवा पाउनुपर्ने हाम्रो प्राथमिकता हो। नयाँ प्रमुख प्रशासकीय अधिकृतसँग मिलेर गाउँपालिकालाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन हामी प्रतिबद्ध छौँ।”

उनले विकास–निर्माणका कामलाई गतिशील बनाउन सबै शाखा प्रमुख, कर्मचारी र जनप्रतिनिधि एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको पनि औंल्याए।

प्रमुख प्रशासकीय अधिकृत यादवले आफूलाई स्वागत गरेकोमा धन्यवाद दिँदै स्थानीय सरकारको कामलाई जनअपेक्षा अनुरूप अघि बढाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए। उनले भने, “गाउँपालिकाका नीति, कार्यक्रम र योजनालाई कार्यान्वयन गर्ने क्रममा मेरो ध्यान पारदर्शिता, समयमै सेवा प्रवाह र विकासलाई गति दिनेमा रहनेछ। जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य नै सफलता प्राप्त गर्ने आधार हो, त्यसैले म सबैसँग हातेमालो गरेर अघि बढ्नेछु।”

स्वागत कार्यक्रममा प्रशासन शाखा प्रमुख अरबिन्द ठाकुर, लेखा शाखा प्रमुख सुमन साह, स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार, सामाजिक शाखा प्रमुख विनोद यादव, प्राविधिक शाखा प्रमुख रामबाबु पटेलकोपनि उपस्थिति रहेको थियो।

Related posts

बाराकाे आधाभारमा बाेलेराे र ट्रक ठाेक्किदाँ दुई जनाकाे मृत्यु

MadhesKhabar

बाराकाे महागढीमाई नगरपालिकाले ल्यायाे ६६ कराेड ७४ लाखकाे बजेट

MadhesKhabar

वीरगन्ज : ८ वर्षदेखि भाडाको घरमा रहेको वडा कार्यालय र स्वास्थ्य चौकी अब आफ्नै भवनमा

MadhesKhabar

Leave a Comment