Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकाे एकटांगामा २३९ जना सुकुम्बासीलाई निस्सा वितरण

वीरगन्ज,१५चैत:पर्साकाे पर्सागढी नगरपालिका वडा नम्बर ९ का २३९ जना भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई निस्सा वितरण गरिएको छ । वडा नम्बर ९ को एकटांगामा शुक्रबार एक कार्यक्रम गरेर उनिहरुलाई निस्सा वितरण गरिएको हो ।

वडा नम्बर ९ का वडा अध्यक्ष रामबढाई यादवको अध्यक्षता एवं राष्ट्रिय भुमि आयोगका केन्द्रिय सदस्य तथा मधेस प्रदेश संयोजक आरती भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भुमि आयोगले गरिब निमुखाको हक्मा काम गरेकाे बताए । उनले भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको समस्या र समाधानको अभियानलाई पर्सागढीबाट सुरुवात भएको बताए ।

निस्सा वितरण पश्चात अब नाप नक्शा गरि छिटै लालजूजा बितरण कार्यमा भुमि आयोगले लाग्ने अर्यालले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै भुमि आयोगका पर्सा अध्यक्ष तबरेज अहमदले निस्सा वितरण पश्चात भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई लालपुर्जा बितरण कार्यमा सहज हुने जानकारी दिए । निस्सा वितरणको केहि दिनमै नाप नक्सा, स्थलगत अवलोकन तथा कानुनी प्रक्रिया पुरा गरि असार १५ सम्ममा लालपुर्जा बितरण गरिने लक्ष्य रहेको अहमदले बताए । उनले पर्सागढी जस्तै अन्य पालिकामा पनि तदारुकताका साथ काम अघि बढाइएको जानकारी दिनुभयो । अहमदले पर्साका सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन आफु लगनशिलताका साथ कार्य गरिरहेको बताउदै आयोगबाट आउने कर्मचारीहरुलाई वडाले सहयोग गरि सहजीकरण गरिदिन अनुरोध समेत गरे ।

यसैगरी भुमि आयोगका केन्द्रिय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथी आरती भण्डारीले पर्साका सुकुम्बासीहरुको समस्या समाधानको लागि पर्सा आयोगले गरेको कामकारवाहीको प्रंशासा गरिन् । उाले कानुनी जटिलतालाई समाधान गरि नेपालभरिका सुकुम्बासीहरुलाई जग्गा वितरण गरिने बताइन् । उनले ढिला नगरी पर्साका सम्पुर्ण पालिकाका सुकुम्बासीहरुलाई लालपुर्जा वितरण कार्य गरिने जानकारी दिइन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,पुर्व मेयर लोकनारायण यादव, नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्मा,आयाेगका सदस्य सचिव राकेश झा,जसपाका युवा नेता सुरज मानन्धर लगायतकाले धारणा राखेका थिए ।

कार्यक्रममा भुमि आयोग पर्साका सदस्य संतोष पासवान,शिवनारायण राम,प्रहरी उपरिक्षक गौतम मिश्र,सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमाल लगायतको उपस्थिती थियो ।कार्यक्रमको सहजीकरण जसपा पर्साका सचिव उमेशलाल सहनीले गरेका थिए ।

Related posts

ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई चौतर्फी दबाब

MadhesKhabar

न्यायधिश शर्माले वीरगन्ज महानगरको न्यायिक समितिमा गरे निरिक्षण

MadhesKhabar

वीरगन्ज कारागार जीर्ण भइसकेकाले तत्काल सुधारको आवश्यकता छ : सांसद यादव

MadhesKhabar

Leave a Comment