Madhes Khabar
स्थानिय

छुरा प्रहार गरी कान्छी पत्निकाे हत्या गर्ने वीरगन्जका एजहारुलहक पक्राउ

वीरगन्ज,१३कार्तिक: वीरगन्ज १४ बहुअरीमा छुरा प्रहार गरि आफ्नै पत्निकाे हत्या गरेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बहुअरी निवासी ४५ बर्षिय एजहारूलहक अंसारी रहेका छन् ।

घरायसी विवादमा अंसारीले कार्तिक ४ गते आफ्नी कान्छी पत्नि २८ वर्षिय महिमा खातुनलाई धारिलो चक्कुले छाती तथा पेटमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते खातुनकाे वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा कार्तिक ५ गते मृत्यु भएको थियाे ।

 

घटना भएकै दिन महिमाकाे हत्यामा संलग्न एजहारुलकी जेठी पत्नि ३८ बर्षिय नुरजहान खातुनलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । तर छुरा प्रहार गर्ने एजहारुल भने फरार भएका थिए ।

एजहारुललाई प्रहरीले कार्तिक ६ गते नै पक्राउ गरेकाे जनाएपनि ७ दिनपछि कार्तिक १३ गते साेमबार मात्र प्रहरीले सार्वजनिक गरेकाे हाे ।

प्रहरीका अनुसार घरायसी विवादका कारण ससुरा ६५ बर्षिय फजल करिम मियाँ, सासु आमा ६३ बर्षिय सरिफन खातुन र सौता वर्ष ३८ की नुरजहान खातुन समेतले मृतक महिमालाई कुटपिट गरेको र त्यही क्रममा अभियुक्त एजहारूलहकले धारिलो हतियार छुरा प्रहार गरेका थिए ।

घटनामा संलग्न मृतकका ससुरा फजल र सासु आमा सरिफन फरार नै रहेकाे प्रहरीले जनाएकाे छ ।

जेठी पत्निबाट सन्तान नजन्मिभएपछि इजहारुलले बाराकाे कलैया उपमहानगरपालिकाको घुसुकपुरुवा निवासी महिमासंग दाेस्राे विवाह गरेका थिए । महिमाकाे एउटा ३ बर्षिय छाेरी र एक बर्षिय छाेरा छन् ।

वीरगंज कै राधे‍माईस्थित ब्युटीपार्लर संचालन गर्दै आएकी मृतक महिमाले केही समय पहिला पति इजहारुल विरुद्ध अदालतमा अंशकाे मुद्दा दिएकी थिइन । उक्त मुद्दा हाल विचारधिन अवस्थामा रहेकाे उनका आफन्तजनले जनाएका छन् ।

Related posts

लिपुलेक नेपालको भूमि हाे, चीन र भारतले गरेकाे सहमतिप्रति हाम्राे आपत्ति छ : गृहमन्त्री लेखक

MadhesKhabar

मन्त्री यादवलाई भेटेर मेयर सिंहले वीरगन्जमा विद्यमान पानीकाे समस्या समाधानका लागि गरे आग्रह

MadhesKhabar

बैशाख सम्म वीरगन्जको मुहार फेरिन्छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment