Madhes Khabar
राष्ट्रिय

नयाँ सवारी चालक लाइसेन्स अब २४ घण्टाभित्रै : संचारमन्त्री तिमिल्सिना

काठमाडौं,२३चैत:सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले अब २४ घण्टाभित्रै नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापेर उपलब्ध गराउने बताएका छन्।

सोमबार मन्त्रालयको फेसबुक पेजमार्फत् मन्त्री डा. तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको २४ घण्टाभित्रै लाइसेन्स छापेर उपलब्ध गराउने प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

छपाइ गर्न बाँकी सबै लाइसेन्स पनि आगामी असार मसान्तसम्म छपाई गरी विभागलाई उपलब्ध गराउने मन्त्री तिमिल्सिनाले बताएका छन्। हाल करिब २९ लाख सवारी चालक अनुमतिपत्र छपाइ गर्न बाँकी छ।

Related posts

कांग्रेस प्रवक्ता डा. महत भन्छन्– चीनको ऋणमा रेल चलाउन सकिँदैन

MadhesKhabar

चुनावकै विषयलाई लिएर सर्लाहीमा माओवादीद्धारा राजमार्ग अवरुद्ध

MadhesKhabar

नागरिकता लिने तयारीमा रवि लामिछाने ,आज जिल्ला प्रशासन कार्यालयमा जाने

MadhesKhabar

Leave a Comment