Madhes Khabar
राष्ट्रिय

फास्ट ट्रयाकमा डीपीआर नबन्दै २९ अर्ब खर्च

मधेसखबर
वीरगन्ज,३० असार : नेपाली सेनाले मधेस काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) मा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृति नगरी बजेट विनियोजन गरी गरेर २९ अर्ब ७ करोड ६२ लाख रुपैयाँ खर्च गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले ५९औं वार्षिक प्रतिवेदन २०७९ मा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ आयोजनाको निर्माण कार्य सुरु गर्नु पूर्व आर्थिक कार्यविधि नियमावली, २०६४ विपरीत यसरी खर्च भएको उल्लेख छ ।

नेपाली सेनाका जनशक्ति प्रयोग गरी तथा निर्माण व्यवसायीसँग खरिद सम्झौता गरी सडक निर्माणमा . ११ अर्ब ५८ करोड ७ लाख तथा नेपाली सेनाका जनशक्ति प्रयोग गरी सडक निर्माण गर्न हेभी उपकरण खरिदमा ८८ करोड ५५ लाख ४४ हजार रुपैयाँ खर्च भएको महालेखाले जनाएको छ ।

नेपाल सरकारबाट स्वीकृत विस्तृत आयोजना प्रतिवेदनअनुसार निर्माण हुने सडकको लम्बाइ ७६.२ किलोमिटरबाट ७२.५ किलोमिटर कायम भएको छ । कुल लम्बाइ ७२.५ किलोमिटरमध्ये ६.४१५ किलोमिटरको ३ सुरुङ तथा १०.५७६ किलोमिटर लम्बाइका ८७ पुल निर्माण हुने भई ५५.५० किलोमिटर मात्र सडक निर्माण गर्नुपर्ने अवस्था छ । डीपीआरपछि केही स्थानको रेखांकन समेत परिवर्तन भएको छ ।

‘यसबाट विस्तृत आयोजना प्रतिवेदन स्वीकृत हुनुभन्दा अघि भएका खर्च एवं निर्माण भएका संरचना नयाँ परियोजना प्रतिवेदनअनुसार निर्माण हुने संरचनाभित्र समावेश भई उपयोग हुने नहुने सम्बन्धमा आयोजनाले विश्लेषण गरेको पाइएन ।’

Related posts

नागरिकता विधेयक पास गर्दा राष्ट्रघात भन्नु पाखण्ड हो : प्रचण्ड

MadhesKhabar

बस दुर्घटना अपडेट : मृतकको संख्या १६ पुग्यो , घाइते २० जनालाइ भरतपुर पठाइयो

MadhesKhabar

नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पारित

MadhesKhabar

Leave a Comment