Madhes Khabar
राष्ट्रिय

नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पारित

मधेसखबर
वीरगन्ज,१२ साउन : नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ ।

बिहीबार राष्ट्रियसभामा भएको छलफल पछि गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । त्यसपछि राष्ट्रियसभाले बहुमतले उक्त विधेयक पारित गरेको हो ।

यसअघि नागरिकता ऐनको संशोधन विधेयकलाई प्रतिनिधिसभाले यहि साउन ६ गते पारित गरेको थियो । यो विधेयक राष्ट्रियसभाले प्रतिनिधिसभामा नै फिर्ता पठाउनेछ र प्रतिनिधिसभाले राष्ट्रपतिसमक्ष पठाउनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयन हुनेछ ।

यो विधेयक पारित भएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउनेछन् । त्यस्तै बाबुको पहिचान हुन नसकेकाहरुले आमाको नामबाट पनि नागरिकता लिन पाउने छन् ।

विधेयक पारित भएपछि गैर आवासीय नेपालीले राजनीतिक र प्रशासनिक अधिकारबाहेकको अधिकार पाउने गरी नागरिकता पाउनेछन् ।

Related posts

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलकाे साइट क्लियर १ वर्षभित्र सक्छाै : प्रधानमन्त्री प्रचण्ड

MadhesKhabar

सर्वोच्चमा एआईजी विश्वराज पोखरेलको रिट दर्ता, बुधवारलाई पेसी तोकियो

MadhesKhabar

सीके राउत भन्छन् : जनतालाई निराश हुन दिन्न

MadhesKhabar

Leave a Comment