Madhes Khabar
राष्ट्रिय

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलकाे साइट क्लियर १ वर्षभित्र सक्छाै : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ,८असार: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा आर्थिक वर्ष २०८०/८१ भित्र साइट क्लियर गरिसक्ने योजना रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने उनले प्रतिवद्धता जनाए । उनले रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको पनि बताए ।

‘राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने गरिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु र अन्य प्राथमिकता आयोजनाहरूको जग्गा अधिकरण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा छ’ उनले भने ‘आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायमार्फत सम्बोधन गरिनेछ ।’ साभार:इकान्तिपुर

Related posts

आज ७३औं प्रजातन्त्र दिवस

MadhesKhabar

खोरमा राखिएका नरभक्षी बाघ पाल्न पर्सा राष्ट्रिय निकुञ्जलाई समस्या

MadhesKhabar

राहदानी विवादमा रवि लामिछानेलाई प्रहरीको ‘क्लीन चिट’

MadhesKhabar

Leave a Comment