Madhes Khabar
राष्ट्रिय

मिटरब्याजीबाट पिडित किसानहरुको समस्या समाधान गर्न सरकारले थाल्यो पहल

काठमाडौं,११चैत : मिटरब्याजी विरुद्ध आन्दोलनमा रहेका किसानहरूको समस्या समाधान गर्न सरकारले पहल सुरू गरेको छ।

महोत्तरीको बर्दिवासदेखि काठमाडौंसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न र घर फर्किन गृहसचिव मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको प्रेस संयोजक सूर्यकिरण शर्माले बताए।

सोही निर्देशन बमोजिम मकवानपुरका सिडिओ राजेन्द्रदेव पाण्डेले किसानहरूसँग छलफल गरी सरकार कानून बनाउने काममा लागेको मिटरब्याजीका विरुद्ध सरकारले मुद्दा पनि चलाइरहेको भन्दै घर फर्किन आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आग्रह गरेका थिए। सिडिओ पाण्डेसँगको छलफलमा पीडित किसानहरूले आफूहरू एउटा अभियानमा भएको र कानून नबन्दासम्म नफर्कने बताएका थिए।

किसानहरूले काठमाडौंसम्मको यात्राका लागि आफूहरूलाई चिसो हुने र कम्बलको व्यवस्था गर्न र सवारीको प्रबन्ध मिलाउन आग्रह गरेका थिए। प्रमुख जिल्ला अधिकारी पाण्डेले किसानलाई कम्बलको व्यवस्था गरेका छन्।

पीडित किसानहरूको समस्या समाधान गर्न गृहमन्त्रालयले कानून बनाउनका निम्ति कानूनको मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाइसकेको प्रधानमन्त्री प्रेस संयोजक शर्माले बताए।

सरकारले ३ सय ५० जना मिटर ब्याजीहरूलाई कारबाही नै गरिसकेको प्रेस संयोजक शर्माको भनाई छ। यस्तै कानुनलाई प्रस्तावको रूपमा मन्त्रिपरिषदमा ल्याउन पनि प्रधानमन्त्री प्रचण्डले कानून सचिवलाई निर्देशन दिएको शर्माले बताए। त्यसपछि संसदमा दर्ता गर्ने तयारी छ।साभारः सेतोपाटी

Related posts

११ मध्ये ५ उपमहानगरको नतिजा सार्वजनिक : ६ वटामा मतगणना जारी

MadhesKhabar

राष्ट्रिय परिचय पत्र हुनेको मतदाता नामावली दर्ता अब घरबाटै

MadhesKhabar

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा गर्ने सरकारको निर्णय

MadhesKhabar

Leave a Comment