वीरगन्जमा,५जेठः वीरगन्जमा प्रहरीले पक्राउ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइको माग गर्दै उनका समर्थकहरुले मंगलबार प्रदर्शन गरेका छन् । प्रसाईंका समर्थकहरूले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शन गर्दै उनको रिहाइको माग गरेका हुन्।
मंगलबार वीरगन्जमा हुने कार्यक्रमका लागि सोमबार काठमाडौंबाट सिमरा विमानस्थल हुँदै वीरगन्ज आइपुगेका पुगेका प्रसाईंलाई बेलुकी ८ बजेतिर सिद्धार्थ दियालो होटलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।प्रसाईंगलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षकख हरिबहादुर बस्नेतले जानकारी दिए ।

