Madhes Khabar
स्थानिय स्वास्थ्य

वीरगन्जमा आज थप २९ जनामा हैजाको संक्रमण पुष्टि, अस्पतालमा १६१ जना बिरामी भर्ना

वीरगन्ज,८भदौं :वीरगन्जमा अहिलेसम्म ७१ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ ।आज( आइतबार) बेलुकी ८ः०० बजेसम्मको अद्यावधिक विवरण अनुसार, ७१ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शनिबार रातिसम्म ४२ जनामा संक्रमण पुष्टि भएकोमा आइतबार थप २९ जनामा संक्रमण पुष्टि भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले जानकारी दिए ।

उनका अनुसार, हालसम्म नारायणी अस्पतालमा २६ जना,तराई हस्पिटलमा २५ जना, नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ९ जना, भवानी अस्पतालमा ३ जना ,वीरगन्ज हेल्थकेयर हस्पिटलमा २ जना, अलि अर्थो ट्रामा सेन्टरमा २ जना, नारायणी सेन्ट्रल अस्पतालमा २ जना र मंगलम डाइग्नोसिस सेन्टरमा २ जनामा संक्रमण पुष्टिएको हो । उनिहरु सबै अस्पतालमा उपचाररत रहेका छन् ।संक्रमण पुष्टि भएका सबै बिरामी वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३, ८, ११, १२, १३ ,१४ र १६ का रहेको पनि उनले बताए ।

यस्तै वीरगन्जका अस्पतालहरुमा झाडापखाला र शंकास्पद हैजाका बिरामी गरि १६१ जना उपचाररत रहेको जानकारीपनि उनले गराए ।झाडापखालाका सिकिस्त र हैजाका शंकास्पद बिरामीहरु थपिने क्रम जारी नै रहेको उनले बताए ।

 

Related posts

नेपाल नेत्र ज्योती संघ पर्साको २० औं साधारण सभा वीरगन्जमा सम्पन्न

MadhesKhabar

सडक फराकिलो पार्न बिन्दवासिनीमा पनि चल्याे डोजर

MadhesKhabar

नेपालमा एकै दिन ९१५ जनामा कोरोना संक्रमण पुष्टि

MadhesKhabar

Leave a Comment