Madhes Khabar
स्थानिय स्वास्थ्य

वीरगन्जमा आज थप २९ जनामा हैजाको संक्रमण पुष्टि, अस्पतालमा १६१ जना बिरामी भर्ना

वीरगन्ज,८भदौं :वीरगन्जमा अहिलेसम्म ७१ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ ।आज( आइतबार) बेलुकी ८ः०० बजेसम्मको अद्यावधिक विवरण अनुसार, ७१ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शनिबार रातिसम्म ४२ जनामा संक्रमण पुष्टि भएकोमा आइतबार थप २९ जनामा संक्रमण पुष्टि भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले जानकारी दिए ।

उनका अनुसार, हालसम्म नारायणी अस्पतालमा २६ जना,तराई हस्पिटलमा २५ जना, नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ९ जना, भवानी अस्पतालमा ३ जना ,वीरगन्ज हेल्थकेयर हस्पिटलमा २ जना, अलि अर्थो ट्रामा सेन्टरमा २ जना, नारायणी सेन्ट्रल अस्पतालमा २ जना र मंगलम डाइग्नोसिस सेन्टरमा २ जनामा संक्रमण पुष्टिएको हो । उनिहरु सबै अस्पतालमा उपचाररत रहेका छन् ।संक्रमण पुष्टि भएका सबै बिरामी वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३, ८, ११, १२, १३ ,१४ र १६ का रहेको पनि उनले बताए ।

यस्तै वीरगन्जका अस्पतालहरुमा झाडापखाला र शंकास्पद हैजाका बिरामी गरि १६१ जना उपचाररत रहेको जानकारीपनि उनले गराए ।झाडापखालाका सिकिस्त र हैजाका शंकास्पद बिरामीहरु थपिने क्रम जारी नै रहेको उनले बताए ।

 

Related posts

पर्साका हरेक वडामा बिपी सेट बाँड्दै डब्लुएचओ

MadhesKhabar

वीरगन्जमा दुई समुदायबीचको झडपमा एसपीसहित ४० घाइते,कर्फु लगाएर सेना परिचालन

MadhesKhabar

रेडक्रस साेसाइटी माइस्थान उपशाखाकाे साधारण सभा सम्पन्न

MadhesKhabar

Leave a Comment