Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा जथाभावी फोहोर फाल्ने ९०० जनालाई कारबाही, २७ लाख राजश्व संकलन

वीरगन्ज,१७चैतःवीरगन्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्नेहरुलाई कारबाही गरी १४ महिनामा २७ लाख रुपैयाँ भन्दा बढी जरीवाना असुलेको छ ।

२०७९ पुस १७ गतेदेखि गत फागुन सम्म १४ महिनाको अवधिमा जथाभावी फोहोर फाल्ने ९ सय जनालाई कारबाही गरी २७ लाख २ हजार ६०५ रुपैयाँ जरिवानाबापत राजस्व संकलन गरिएको महानगरपालिकाको सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८०÷८१ को पछिल्लो ८ महिनाको अवधिमा भने जथाभाबी फोहोर फाल्नेबाट ११ लाख ६५ हजार ९०० रुपैयाँ जरिवानाबापत राजस्व संकलन गरिएको उनले बताए ।उत्तः अवधिमा जथाभाबी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी ३ सय ८० जनामाथि महानगरले कारबाही गरेको उनले जानकारी दिए ।

वीरगन्ज महानगरपालिकाले सडक , नाला वा खाली ठाँउमा जथाभावी फोहोर फाल्ने विरुद्ध २०७९ पुस १७ गतेदेखि आर्थिक जरिवाना गर्ने नियम सुरु गरेकोमा हालसम्म अर्थात १४ महिनामा ९ सय जनालाई कारबाही गरी २७ लाख २ हजार ६०५ रुपैयाँ जरिवानाबापत राजस्व संकलन गरिएको मियाँले बताए ।

“घर, पसल र कार्यालयबाट निस्किने फोहर जथाभाबी फाल्ने प्रवृत्ति छ”, सरसफाइ शाखा प्रमुख मियाँले भने, “त्यो प्रवृत्ति निरुत्साहित गर्न हामीले जरिवाना गर्न थालेका हौँ ।” जथाभावी फोहोर फाल्ने विरुद्ध आर्थिक जरिवाना गर्न थालेपछि शहरको सरसफाईको अवस्थामा निक्कै सुधार आएको जिकिरपनि गरे । तर आर्थिक जरीवाना गर्दापनि जथाभावी फोहोर फाल्ने प्रवृति पूर्ण रुपमा नरोकिएकाले त्यस्ता व्याक्ति वा संस्थगा विरुद्ध अब सार्वजनिक मुद्दा चलाउनेपनि महानगरको योजना रहेको उनले बताए ।

मियाँका अनुसार,वीरगन्ज शहरलाई सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा दैनिक तीन पटक सडक र नालाको सरसफाइ हुँदै आएको छ ।यसका साथै वर्षा याम सुरु हुनुअघि महानगरभित्रका सबै साना–ठूला ढल र नाला सफा गरिसक्ने लक्ष्यका साथ काम गरिरहेको पनि प्रमुख मियाँले बताए ।

सफा, सुन्दर र वैभव वीरगन्ज बनाउने मेयर राजेशमान सिंहको चाहना र योजना रहेको सुनाउँदै मियाँले त्यही योजनाअनुसार बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सफाइ गरिरहेको बताए ।

 

Related posts

वीरगन्जमा धार्मिक सदभाव बिगार्ने कुनैपनि गतिविधी कसैलेपनि नगर्ने सर्वपक्षीय सहमति

MadhesKhabar

राम मन्दिर उद्घाटनका दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिन माग

MadhesKhabar

पर्सा १ मा बागी उम्मेदवारीले असन्तुष्ट काँग्रेसका प्रभावशाली नेताहरु जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment