Madhes Khabar
राजनीति हेडलाइन

बारा ४ मा सत्ता गठबन्धन अगाडि

मधेसखबर
वीरगन्ज ,२६ असाेज : बारा-४ मा गत स्थानिय तहकाे निर्वाचनमा वडाअध्यक्षहरुले पाएकाे मतका आधारमा सत्ता गठबन्धन , एमाले जसपा गठबन्धनकाे भन्दा अगाडि देखिएकाे छ ।

याे क्षेत्रमा सत्ता गठबन्धबाट नेकपा एकीकृत समाजवादीका किसान श्रेष्ठ उम्मेदवार छन्। उनले एमालेका एकवाल मियाँसँग प्रतिस्पर्धा गर्दै छन् ।

मियाँ मनाेनयन दर्ताकै दिन लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर एमालेमा गएका थिए।

गत स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका वडाध्यक्ष उम्मेदवारहरूले प्राप्त गरेको मत १५ हजार ८० रहेको छ। यता, एमालेका वडाध्यक्ष उम्मेदवारहरूको मत २१ हजार १ सय ६७ मत रहेको छ। मियाँले मत तान्न सक्ने आँकलन गरेरै एमालेले उनलाई उठाएको हो।

यस क्षेत्रमा सत्ता गठबन्धनका वडाध्यक्ष उम्मेदवारहरूको मत ४५ हजार ७ सय ५९ रहेको छ भने एमाले गठबन्धनका वडाध्यक्ष उम्मेदवारहरूको मत २६ हजार ८५८ रहेको छ। सत्ता गठबन्धनको कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूको मत १६ हजार ५८९ रहेको छ, माओवादी केन्द्रको ९ हजार ७१ र एकीकृत समाजवादीको ५ हजार ६ सय १९ मत छ।

यता, एमालेका वडाध्यक्षका उम्मेदवारहरूले २१ हजार १६७ मत पाएका छन् भने जसपाका उम्मेदवारहरूले ५ हजार ६ सय ९१ मत पाएका छन्।

Related posts

वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्छौं, सामूहिक थुनामा जान तयार छौं : लिङ्देन

MadhesKhabar

मधेसमा सिके राउतकाे दाेश्राे जित

MadhesKhabar

वीरगन्जमा खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न सुरु

MadhesKhabar

Leave a Comment