Madhes Khabar
शिक्षा हेडलाइन

विद्यार्थी भर्ना अभियान वैशाख ७ र पठनपाठन वैशाख १६ देखि सुरु गर्न वीरगन्ज महानगरको निर्देशन

वीरगन्ज,६वैशाखःवीरगन्ज महानगरपालिकाको कार्यालयले महानगरमा रहेका सामुदायिक तथा निजी विद्यालयहरुलाई वैशाख ७ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आइतबार एक सूचना जारी गर्दै नयाँ शैक्षिक सत्र २०८३/ ०८४ का लागि वैशाख ७ गतेदेखि वैशाख १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएको हो । उक्त अवधिमै अभिलेखिकरण, वार्षिक कार्यतालिका तथा वार्षिक कार्य योजना निर्माण,शिक्षक क्षमता विकास कार्यक्रम र विद्यालय सुधार योजना निर्माण गर्नपनि महानगरपालिकाले सामुदायिक र निजी विद्यालयहरुलाई निर्देशन दिएको छ ।

यसैगरि वैशाख १६ गतेदेखि भने सबै विद्यालयमा पठन पाठन सञ्चालन गर्न निर्देशन दिइएको महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए ।

Related posts

पर्सामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट १ करोड ५० लाख बढी राजश्व संकलन

MadhesKhabar

वीरगन्जका निजी विद्यालयका लागि १० बुँदे निर्देशन जारी,पालना नगरे महानगरले लाइसेन्स नै रद्ध गर्ने

MadhesKhabar

वीरगन्ज महानगरले ल्यायाे ३ अर्ब २१ करोडकाे बजेट

MadhesKhabar

Leave a Comment