
वीरगन्ज,१साउनःवीरगन्ज महानगरपाालिका वडा नम्बर २५ मा रहेको सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय बिहीबारदेखि वीरगन्ज भन्सार कार्यालयमा गाभिएको छ।
सिर्सियामा २०६१ साल साउन १ गतेदेखि औैपचारिक रुपमा सञ्चालनमा आएको नेपालकै पहिलो सुक्खा बन्दरगाह आज(बिहीबार) साउन १ गतेदेखि वीरगन्ज भन्सार काार्यालयमा गाभिएको हो । संघीय सरकारको गत बैशाख ३१ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार, सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालय आज साउन १ गतेददेखि वीरगन्ज भन्सार कार्यालयमा गाभिएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकाारी दिए ।
यससंगै अब सुक्खा बन्दगरगाह भन्सार र वीरगन्ज भन्सार कार्यालयको सेवा प्रवाह एउटै कार्यालयमार्फत सुरु गरिएको उनले बताए ।
विश्व बैंकको ८२ करोड रुपैयाँ ऋण सहयोगमा सन् २००० मा वीरगन्ज–२५ सिर्सियास्थित ६२ बिघा क्षेत्रफलमा निर्माण गरिएको सुक्खा बन्दरगाहमा भारत तथा तेस्रो मुलुकका मालसामान भारतीय बन्दरगाहबाट रेलबाट आयात हुने गरेको छ ।
६ वटासम्म रेल राख्न मिल्ने बोर्डगेज रेल्वेको सुविधा रहेको सुक्खा बन्दरगाहमा १ हजार ५ सय ८६ वटा २० फुटे कन्टेनरको व्यवस्थापन गर्न सकिने गरी ६ सय ८५ मिटर लम्बाई र ६४ मिटर चौडाइको कन्टेनर झार्ने र चढाउने यार्ड छ । यसबाहेक सुक्खा बन्दरगाहमा पूर्ण छाना भएका ७ सय मिटर लम्बाई र ३८ दशमलब ५ मिटर चौडाइ भएको तथा अर्को ४०५ मिटर लम्बाई र २६ दशमलब ५ मिटर चौडाई भएका दुईवटा ठूला गोदामपनि छन् ।
अहिले थप १० हजार स्क्वायर मिटरमा १७–१८ मिटरको यार्ड विस्तार हुँदैछ । त्यसै गरी लुज कार्गो आउन थालेपछि २५ मिटर चौडाइ र ११ सय मिटर लम्बाईमा हेण्डलिङ्ग यार्डको पनि विस्तार भइरहेको छ ।

