Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

बन्द सरकारी उद्योगहरु चलाउन सरकार लागेकाे छ : उद्योगमन्त्री रिजाल

मधेसखबर
वीरगन्ज ,२जेठ : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बन्द रहेका सरकारी उद्योगहरु पुन सन्चालनका लागि सरकार लागेकाे बताएका छन् ।
साेमबार वीरगन्जमा नेपाल प्रेस युनियन पर्साकाे १०ओैं अधिवेशनकाे उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मन्त्री रिजालले यस्ताे बताएका हुन् ।उनले भने, बन्द रहेकाे वीरगन्ज चिनी कारखानासहितका सरकी उद्योगहरु पुन चलाउनका लागि सरकारले गृहकार्य गरिरहेकाे छ।कुन माेडलमा चलाउने बारेमा छलफल चलिरहेकाे छ।
नक्कली भुटानी शरणार्थी प्रकरण बारे बाेल्दै रिजालले एमालेकै सरकारका पाला देखि याे भ्रष्टाचार प्रकरण सुरु भएकाे बताए । उनले भने, राम बहादुर थापा बादल गृहमन्त्री भएका बेला प्रधानमन्त्री कुन पार्टीका थिए? टाेपबहादुर रायमाझी मन्त्री हुदाँ प्रधानमन्त्री कुन पार्टीका थिए ? याे सबैलाई थाहा छ ।
नक्कली शरणार्थीका नाममा भएकाे भ्रष्टाचार प्रकरणकाे अनुसन्धानमा अहिलेकाे गठबन्धन सरकारले पुर्ण रुपमा सघाइरहेकाे बताउदै मन्त्री रिजालले भने, भ्रष्टाचारीलाई कारबाही हुनै पर्छ, सरकारले अनुसन्धानमा कुनै हस्ताक्षेप गर्दैन ।
उनले देशकाे अर्थतन्त्रलाई पुन चलायमान बनाउन सरकार लागि परेकाे बताए ।
प्रेस युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मीकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहलाई प्रदेशसभा सदस्यद्वय जनार्दन सिंह क्षेत्री र श्याम पटेल, कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहान, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशाेक तिवारी, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ , वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष मनाेज पटेल, प्रेस सेन्टरका जिल्ला अध्यक्ष दिपक गाैतम लगायतले पनि सम्बाेधन गरेका थिए ।

Related posts

घूस डिल अडियो प्रकरण : पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

‘सिक्दै कमाउदै कार्यक्रम’ उदेश्यले वीरगन्जमा दुई दिने ‘खाना तथा सांस्कृतिक मेला’ सुरु

MadhesKhabar

एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा :वीर्तामा सुबेदी , श्रीपुरमा मगर र पोखरियामा पौडेल आउँदै

MadhesKhabar

Leave a Comment