Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

पशुबलीको बहानामा विश्वप्रसीद्ध गढीमाई मेला बिथोल्न लागेकाहरुलाई कारबाही गर्न माग

वीरगन्ज,०१असोजःबाराको बरियारस्थित गढीमाई मन्दिरमा यसवर्षको मंसिरमा लाग्ने विश्वप्रसिद्ध गढीमाई मेलालाई बिथोल्ने खालका गतिविधीमा लागेकाहरुलाई कारबाहीको माग गर्दै बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई ज्ञापनपत्र बुझाइएको छ ।

मंगलबार महागढीमाई नगरपालिका मेयर उपेन्द्र यादव नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बारामा पुगेको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको टोलीले प्रमुख जिल्ला अधिकारी घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।

पशुबलीका लागि विश्वमै प्रसिद्ध रहेको पञ्चवर्षिय गढीमाई मेला यसवर्ष मंसिरमा लाग्दैछ । मेलाको तयारी सुरु भएसंगै केहि संघसंस्थाहरुले गढीमाई मेलामा पशु बली रोक्न माग गर्दै अहिलेदेखि नै सदरमुकाम कलैया लगायतका स्थानमा आफनो गतिविधी बढाएका छन् ।

यस्ता गतिविधीले गढीमाई मेलालाई प्रभावित पार्न सक्ने भन्दै त्यसलाई रोक्न र त्यस्ता गतिविधीमा लागेकाहरुलाई कानूनी कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेलाई ज्ञापनपत्र बुझाइएको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र्र प्रसाद यादवले जानकारी दिए ।

गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ,‘पञ्चवर्षिय गढीमाई मेलालालाई निरुत्साहित गर्न बली लगायतका मुद्धाको बहाना बनाएर सनातन धर्मलाई तल देखाउन पूर्वमन्त्री कलावती पासवान तथा केहि संघसंस्थाहरुले गरिब निमुखाहरुलाई रकम बाँडेर हुलहुज्जत गराउने जस्ता कृयाकलाप तथा सामाजिक सञ्जालमा भ्रम छरेर मेलालाई नै बिथोल्ने प्रयासहरु गरिरहेका छन् । तसर्थ त्यस्ता गतिविधीलाई तत्काल रोकेर त्यसमा संलग्न पूर्वमन्त्री पासवानसहितकाहरुलाई कानूनी दायरामा ल्याएर कारबाही गर्न माग गर्दर्छौ ।’

ज्ञापनपत्र बझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले यसबारेमा स्थानीय प्रशासनकोपनि यसअघि नै ध्यानाकर्षण भइसकेको भन्दै मेलालाई प्रभावित पार्ने खालका कुनैपनि गतिविधी हुन दिने बताए । उनले मेलालाई प्रभावित पार्ने गतिविधीमा लागेकाहरुलाई जिल्ला प्रशासन कार्यालयमा झिकाएर बयान लिने र दोषी पाइएमा कानून अनुसार कारबाही गर्ने प्रतिबद्धतापनि जनाए ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव,उपमेयर तारादेवी कानु, गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सअध्यक्ष रामचन्द्र साह,गढीमाई नगरपालिकाका वडाध्यक्षहरु लगायतको सहभागीता थियो ।

 

Related posts

जनस्वास्थ्यमा वीरगन्ज महानगरको ध्यान : १० हजार बढिले घरदैलोमै पाए निःशुल्क उपचार

MadhesKhabar

मधेश प्रदेशका एक हजार भन्दा बढी मतदान स्थल अति संवेदनशील

MadhesKhabar

वीरगन्जमा ब्रम्ह्कुमारी राजयोग सेवा केन्द्रकाे स्वर्ण जयन्ती भव्य रुपमा सम्पन्न

MadhesKhabar

Leave a Comment